arrow

प्रभु टीभीको काठमाडौं, चितवन र पोखराबाट सेवा शुरु

logo
प्रकाशित २०७५ असार ४ सोमबार
prabhu-tv.jpg

काठमाडौं। प्रभुले डिजिटल भिडियो प्रसारणमा आधारित प्रभु टीभीको सेवा शुरु गरेको छ। प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले उक्त टीभी च्यानल प्रसारणमा ल्याइएको आइतवार पत्रकार सम्मेलनमार्फत जनकारी दिएका हुन्।

प्रभु टीभी कल साइनमार्फत डीभीबी-टीटु प्रविधिमा आधारित भई विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय च्यानल टीभीमा हेर्न सकिने कम्पनीले बताएको छ। साथै, यसमा रहेको ओटीटी प्रणालीमार्फत मोबाइल, ट्याबलेट तथा ल्यापटपमा समेत टेलिभिजन च्यानल हेर्न सकिने छ। वर्षको ३ सय ६५ दिन नै उच्च गुणस्तरिय डिजिटल टिभि च्यानलहरु प्रदान गर्ने पनि कम्पनीले  जनाएको छ।

प्रभु टीभीको आधिकारिक सेटअप बक्स र एण्टिनाको खरीदसँगै ग्राहकलाई सबै स्थानीय टीभी च्यानल उपलब्ध हुने र अन्तरराष्ट्रिय टीभी च्यानल समेत उच्च गुणस्तरमा न्यूनतम शुल्क तिरेर हेर्न सकिने छ। शुरुवातीको पहिलो चरणमा प्रभुले काठमाडौं, चितवन र पोखरामा आफ्नो सेवा शुरू गरेको छ। छिट्टै विराटनगर, इटहरी, बुटवल, भैरहवा, नेपालगञ्ज र कोहलपुरमा प्रसारण गर्ने तयारी थालेको कम्पनीले बताएको छ।

प्रभु टिभिले विभिन्न प्रकारका च्यानलहरु वालवालिका, चलचित्र, खेलकुद, संगीत, मनोरंजन र सुचनामुलक नेपाली तथा अन्र्तराष्ट्रिय च्यानलहरु समेत प्रस्तुत गर्ने जनाएको छ। प्रारम्भिक प्याकेजहरुमा एकल प्रयोगकर्ताको हकमा छ महिनाको शुल्क एक हजार ६ सय तथा सेटअप बक्स वापत एक हजार लाग्ने छ। त्यसैगरी संस्थागत प्रयोगकर्ताहरुका लागि मासिक दुई सय र सेटअप बक्स वापत ८ सय पर्ने कम्पनीले जनाएको छ।

प्रभु समूहअन्तर्गत बैङ्किङ, बीमा, लघुवित्त, क्यापिटल मार्केट, हेलिकोप्टर, व्यवस्थापन तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी आबद्ध छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ