arrow

‘कपटी’ र ‘स्वार्थी’ भन्दै राष्ट्रसंघको मानव अधिकार परिषदबाट अमेरिका बाहिरियो 

logo
प्रकाशित २०७५ असार ६ बुधबार
America-2014.png.png

काठमाडौं । अमेरिकाले मंगलबार संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट बाहिरिने निर्णय गरेको छ । अमेरिकाले परिषद् ‘कपटी र आफ्नै स्वार्थ’मा अघि बढिरहेको भन्दै बाहिरिने निर्णय गरेको हो । 

अमेरिकाले इजरायलको मामिलामा परिषद्ले पक्षपातपूर्ण निर्णय गरेको भन्दै अमेरिकाले आलोचना पनि गरेको छ । अधिकारीहरुले भने अमेरिकाको यो निर्णयले आगामी दिनमा मानव अधिकारको पाटो थप जटिल बन्नसक्ने बताएका छन् । 

अमेरिकाको मानव अधिकार परिषद्बाट बाहिरिने निर्णय सन् २०१५ को इरान न्युक्लियर सम्झौताबाट बाहिरिने निर्णयपछिको महत्वपूर्ण निर्णय हो । 

मेक्सिको र अमेरिकाको सम्बन्धमा दरार सिर्जना गरी बालबालिकाहरुलाई आफ्नो अभिभावकहरुसँग छुटाएको आरो पनि अमेरिकालाई लाग्दै आएको अवस्थामा अमेरिकाको यस किसिमको निर्णय सार्वजनिक भएको हो । 

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलेले भेनेजुयला, चीज, क्युवा र कंगोजस्ता मुलुकहरुले मानव अधिकारको उलंघन गरिरहेको आरोप लगाइन् । यद्यपि उनले साउदी अरेबियाको विषयमा भने कुनै कुरा गरिनन् । यमनियन युद्धको समयमा साउदीले पनि सन् २०१६ मा उल्लेख्य संख्यामा नागरिकहरु मारेको थियो । 

अमेरिकाको यस्तो निर्णयसँगै अब राष्ट्रसंघमा अमेरिकाको विषयमा भोटिङ हुनेछ । कुनै पनि सदस्य राष्ट्रलाई कारबाहीको लागि राष्ट्रसंघका एक सय ९३ मुलुकहरुको दुई तिहाइले समर्थन गर्नुपर्ने हुन्छ ।

अमेरिकाको यस किसिमको निर्णयलाई इजरायलले भने स्वागत गरेको छ । परिषद् पछिल्लो समय एकपक्षीय बनेको इजरायलको आरोप छ । जेनेभामा रहेको मानव अधिकार परिषद्मा ४७ सदस्यहरु रहेका छन् । यसको कार्यकाल तीन वर्षको हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै यो परिषदबाट बाहिरिने चेतावनी दिएका थिए ।
 
सन् २००६ मा विश्वभर हुने गरेका मानव अधिकारलाई कायम राख्ने उद्देश्यका साथमा यो परिषद्को स्थापना गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ