arrow

पानामा पेपर्स काण्डः मोसाक फोन्सेकाले कम्पनीका मालिकहरु पत्ता लगाउन सकेन 

logo
प्रकाशित २०७५ असार ७ बिहिबार
panama-papers.jpg

काठमाडौं । पानामा पेपर्स सार्वजनिक गर्ने अफसोर सेवा प्रदायकले तीन दर्जनभन्दा बढी दर्ता भएका कम्पनीहरुको मालिक पत्ता लगाउन नसकेको बताएको छ । 

विवरणहरु चोरी हुनसक्ने चेतावती दिइएको दुई महिनापछि मोसाक फोन्सेकाले ७० प्रतिशत ब्रिटिस भर्जिन आइसल्याण्ड (बीभीआई) र ७५ प्रतिशत पानामाका कम्पनीहरुको मुनाफा लिने मालिकहरु पहिचान गर्न नसकेको हो । 

बीभीआईले कम्पनीलाई बैंक, कानुनी कम्पनीहरु र अन्य अफससोर विवरणहरु प्रदान गर्ने भए पनि यसका लागि आधिकारिक अनुमति आवश्यक हुन्छ । 

अहिले १२ लाख नयाँ विवरणहरु पनि सार्ववजनिक गरिएको छ । पानामा पेपर्स सार्वजनिक हुनुभन्दा अगाडिदेखिका विवरणहरु सार्वजनिक गरिएको हो । सन् २०१६ को अप्रिल देखि २०१७ को डिसेम्बरसम्मको विवरणहरु नयाँ विवरणमा उल्लेख गरिएको छ । अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको संस्था ९आईसीआईजे०ले यो विवरण सार्वजनिक गरेको हो । 

मोसाक फोन्सेकाले आफ्नो विवरणहरु राख्नमा गरेको गल्तीको कारण समस्या बढेको अधिकारीहरुले बताएका छन् । उरुग्वेका एक आर्थिक विश्लेषकले कम्पनीले अफसोर संरचनामा राखेको विवरणहरु पूर्ण आत्मविश्वासको साथमा चोरी भएको बताएका छन् । मोसाक फोन्सेकाले बेलायतमा कर तिर्ने सबै मानिसहरुको विवरण राख्ने गरेको छ र आधिकारिक विभागले माग गरेको खण्डमा उ्रक्त विवरणहरु दिनुपर्ने हुन्छ । 

सरकारको प्रत्यक्ष सम्बन्ध रहेको कम्पनीबाट महत्वपूर्ण विवरणहरु चोरी भएको देखिएको हो । पानामा पेपर्स सार्वजनिक भएसँगै बेलायतलाई यस विषयमा अनुसन्धानको लागि दबाब बढेको भए पनि फोन्सेकाले महत्वपूर्ण विवरण दिन नसकेको हो । 

सन् २०१६ को अप्रिलमा आईसीआईजेले सार्वजनिक गरेको विवरण बीबीसीसहितका एक सयभन्दा बढी सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका थिए । उक्त विवरण एक करोड १५ लाख विवरणहरु समावेश रहेका थिए । 

आईसीआईजेले विभिन्न ७६ मुलुकहरुमा गरेको अनुसन्धानको क्रममा यस किसिमको विवरण सार्वजनिक गरेको हो । पानामा पेपर्सको विवरणको कारण बेलायती पूर्व प्रधानमन्त्री डेभिड क्यामरुन पनि समस्यामा परेका थिए भने पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ पनि बर्खास्त भएका थिए । 

यसअघि पानामाका प्रहरीहरुले मोसाक फोन्सेकामा छापा मारी एक सय ५० भन्दा बढी प्रश्नहरु सोधेका थिए । सन् २०१७ को नोभेम्बरमा फोन्सेकाले पानामा पेपर्सको विषयमा अनुसन्धानको काम चलिरहेको बताएको थियो, जसबाट १० करोड पाउण्डबराबरको राजस्व असुल हुने अनुमान गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ