नेपाल र युएइबीच लगानी सम्बन्धि ३ दिने बैठक सोमबारबाट
प्रकाशित २०७५ असार १० आइतबार
421
Shares
काठमाडौं । नेपाल र युएई बीचमा ब्यावसायिक लगानीको सम्भाव्यता अध्ययन सम्बन्धि सरकारी स्तरमा सोमबारदेखि ३ दिनसम्म काठमाडौंको याक एन्ड यति होटेल र विभिन्न मन्त्रालयमा दुई पक्षबीच महत्त्वपूर्ण बैठक हुने भएको छ । उक्त बैठकमा रेल सम्बन्धि प्रस्ताब पनि युएईको तर्फबाट राखिने जानकारी छ ।
युएईबाट नेपाली प्रतिनिधि मण्डलमा बिजनेस काउन्सिल युएईका अध्यक्ष डा. आसिफ अलि सिद्दिकी र नेपाल सरकारका तर्फबाट अर्थमन्त्री खतिवडा र विभिन्न मन्त्रालयका सचिव रहने कार्यतालिका छ । भोलिबाट हुने बैठकको लागि युएईबाट उक्त टिम आइतबार नै नेपाल पुगिसकेको छ ।