arrow

एनआईसी एशियाले खोल्यो झापामा नयाँ शाखा

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
photo3.jpg

काठमाडौं । एनआईसी एशिया बैंकले झापा जिल्लाको कचनकवल गाउँपालिका, बनियानीमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ । यही असार ११ गते एक समारोहका बीच प्रदेश नम्बर १ का सांसद बसन्तकुमार बानियाँ र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलम शाखा उद्घाटन गरिएको हो ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप सो शाखा स्थापना गरिएको बैंक जनाएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेका अनुसार देशभर २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ