arrow

ज्योति लाईफमा बीमा गर्दा स्वास्थ्य बीमाको ऐच्छिक सुविधा

logo
प्रकाशित २०७५ असार १३ बुधबार
jyoti.png

काठमाडौं। ज्योति लार्इफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाका साथै ऐच्छिक सुविधासहितको योजना ल्याएको छ। कम्पनीले  घातक रोगहरुको उपचारमा सुविधा प्रदान गर्ने पोलिसी बजारमा ल्याएको जनाएको छ। कम्पनीले हाल ६ वटा पोलिसीहरु बाल बीमा, सुरक्षित बचत जीवन बीमा, सुरक्षित भविष्य जीवन बीमा, धनलाभ जीवन बीमा, एकल भक्तानी जीवन बीमा र म्यादी जीवन बीमा बजारमा ल्याएको छ। 
 
 
सुरक्षित बचत जीवन बीमा, सुरक्षित भविष्य जीवन बीमा, एकल भुक्तानी जीवन बीमा र धनलाभ जीवन बीमा गर्ने बीमितको लागि ‍यसै पोलिसीमा थप प्रिमियम बुझाएमा ११ वटा घातक रोगहरुको उपचारको सुविधा पाउने गरि एच्छिक सुविधाहरु बजारमा ल्याइएको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले जानकारी दिए। 
 
घातक रोगहरु मुटु रोग, क्यान्सर, मृगौला सम्वन्धी समस्या, आदिले गर्दा मृत्यु हुने संख्या दिन दिनै बढ्दै गएको भन्दै कम्पनीले यस्ता रोग लाग्दा औषधी उपचार पाउने गरि बीमा पोलिसी ल्याएको खत्रीले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ