arrow

डब्ल्युटीओको पत्रबारे छलफल भइरहेको सरकारी प्रतिक्रिया

logo
प्रकाशित २०७५ असार १३ बुधबार
WTO-nepal.JPG

काठमाडौं । सरकारले डब्ल्युटीओले गरेको पत्राचारको विषयमा छलफल भइरहेको बताएको छ । उद्योग, वािणज्य तथा आपुर्ति मन्त्रालयले डब्ल्युटीओले गरेको पत्राचारका विषयमा मन्त्रालयमा आन्तरिक छलफल भइरहेको प्रतिक्रिया दिएको हो ।

मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले गएकाे जेठ अन्तिम साता भएको पत्र ट्रेड पोलिसि रिभ्युका लागि आएको भन्दै त्यसको विषयमा मन्त्रालयमा आन्तरिक छलफल भइरहेको बताए । ‘डब्ल्युटीओले गरिब मुलुकको ट्रेड पोलिसि रिभ्यु प्रत्येक छ वर्षको अवधिमा गर्ने गर्दछ’ उनले भने, ‘त्यसैका लागि आएको पत्रका विषयमा मन्त्रालयमा आवश्यक छलफल गर्दै छौँ।’

छलफल पछि मन्त्रायले एउटा प्रतिवेदन तयार पार्ने र सो प्रतिवेदन डब्ल्युटीओमा पेश गर्ने सचिव घिमिरेले बताए । हामीले बनाएको प्रतिवेदन समेतको अध्ययन गरी डब्ल्युटीओले आफ्नो प्रतिवेदन बनाउने र त्यसमा डब्ल्युटीओमा गरिएका प्रतिबद्धता प्रति नेपालको धारणा देखाउने मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

नेपाल सरकारले बनाएको प्रतिवेदन समेतका आधारमा डब्ल्युटीओले व्यापारका दृष्टिकोणले नेपाल पारदर्शी छ वा छैन तथा खुल्ला बजार अर्थतन्त्र लगायतका विषयको मुल्याङ्कन गर्ने छ । डब्ल्युटीओले ट्रेड पोलिसी रिभ्युको प्रतिवेदन आगमाी डिसिम्बर सम्ममा सार्वजनिक गर्ने छ । यसअघि नेपालले सन् २०१२ सालमा पहिलो पटक ट्रेड पोलिसि रिभ्यु गराएको थियो ।

यहिबीचमा डब्ल्युटीओले सवारी साधन र विद्युतीय सामग्रीकाे भन्सार दर घटाउन भनी पत्राचार गरेकाे चर्चा भएकाे थियाे । मन्त्रालयले सुरुमा पत्र अाएकाे जानकारी दियाे । पछि ट्रेड पोलिसि रिभ्युकाे मात्रै पत्र अाएकाे, भनेकाे छ । 

डब्ल्युटीअाेबाट नेपालकाे सदस्यता गुम्ने खतरा, भन्सार नबढाउन गरिएकाे पत्राचारकाे वेवास्ता 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ