पाकेटमाराले लुटेको पौने तेह्र लाख पत्रकार दाहालले खोसे, पत्रकार सम्मेलन गरेरै दिए रकम
प्रकाशित २०७५ असार १३ बुधबार
832
Shares
भक्तपुर। कुनै ब्यक्तिको लुटिएको रकम फिर्ता भयो भन्दा अचम्म लाग्न सक्छ। तर भक्तपुरमा त्यस्तै घटना भएको छ। सँगै रहेका एक ब्यक्ति लुटिएपछि अर्का एक ब्यक्तिले फिल्मी शैलीमा लुटिएको रकम लुटेराबाट खोसेका छन्। बसमा पाकेटमारालाई लुटेको पर्स र चेकसहितको पौने तेह्र लाख रुपैयाँ पत्रकार संजिव दाहालले लुटेराबाट खोसेर सम्वन्धित व्यक्तिलाई फिर्ता गरेका हुन्।
मंगलबार साँझ मध्य उपत्यका बस व्यबसायी संघद्धारा संचालित बसमा मध्यपुरमा थिमिमा पाकेमाराले जित बहादुर बस्नेतको पाकेट मारेर फरार हुने क्रममा पत्रकार दाहालले पाकेटमाराबाट थुतेर सो पर्स हात पारेका थिए। उनले पाकेटमारासँग झगडानै गरेर सो पर्स हात पारेपछि लुटेराले आक्रमणको प्रयास गरेका थिए । तर पत्रकार दाहालले उल्टै लुटेरालाई फिल्मी शैलीमा समात्न खोज्ने क्रममा चलिरहेको गाडीबाटै भागेको प्रत्यक्षदर्शीले बताए ।
गाडीमा रहेका तीन जना पाकेटमारामध्ये अगाडि बस्नेले पर्स लुटेको र पछाडि बस्नेलाई पास गर्दै गर्दा पत्रकार दाहालले सो दृश्य देखेपछि लुटेराबाट पर्स थुतेका थिए। पाकेट मारेको पर्स फ्याकेर फरार पाकेटमाराले रातो टिर्सट लगाएको र उनी राधेराधेबाट फरार भएको दाहालले जानकारी दिए।
दाहालले ठिमी शंखधर चोकमा सोही विषयमा पत्रकार सम्मेलन आयोजना गरी सिन्धुपाल्चोक २ बाह्रबिसेका जितबहादुर बस्नेतलाई पाकेटमाराबाट फिर्ता लिइएको नगद रु २८ हजार १३० र बिभिन्न दुईवटा बैंकका १२ लाख ८७ हजारको चेक, एटिएम तथा पर्स फिर्ता गरे। ५२ वर्षिय बस्नेत सजना ईन्टरप्राइजेजका संचालक हुन।
रकम बुझ्दै बस्नेतले पाकेट मारे पछि आफू तनाबमा भएको बेलामा दाहालले फोन गरेर आज रकम फिर्ता गर्ने जानकारी गराएको बताउँदै ईमान्दार मानिसको परिचय दिएको बताए। बस्नेतले सार्वजनीक स्थलमै लुटेराबाट फिर्ता गरिएको नगद र पर्स फिर्ता गरिएपछि निज दाहाललाई पाँच हजार पुरस्कार प्रदान गरेका थिए।
सोही अवसमा महाननगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपीले दाहाललाई एक इमानदार नागरिकको कर्तब्य निर्वाह गरेकोमा धन्यवाद दिदै चोरी डकैटी र लुटपाटबाट बच्न सबै नागरिक सचेत हुनुपर्ने र सबैले आआफनो ठाउँबाट कर्तब्य निर्वाह गरेर यस्ता घटना घट्दै जाने बताए।
पछिल्लो समय सार्वजनीक यातायातमा लुटेराको बिगबिगी चलिहरेको छ । बसमा खाँदाखाँद गरेर यात्री राख्नाले यात्रुहरु बसमै लुटिदै आएका छन् । विशेष गरि बिहान र बेलुकीको समयमा यात्रीहरु बढी पीडित हुने गरेका छन्।