arrow

सुनका ठूला माछा अझै गायव, सानो माछाले ल्याएको ९ किलो नागढुङगामा फेला

नागढुङ्गाबाट ६ किलो सुन सहित तेन्जिङ तामाङ पक्राउ 

logo
प्रकाशित २०७५ असार १७ आइतबार
gold-six-kg.jpg

काठमाडौं‌। प्रहरीले काठमाडौंको नागढुंगा नाकाबाट ६ किलो तस्करीको सुन बरामद गरेको छ । रसुवाबाट मोटरसाइकलमा हालेर ल्याइँदै गरेको अवस्थामा सुन समातिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

सुनसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २३ वर्षीय तेन्जिङ तामाङ रहेका छन् । उनले बा ९५ प ८१६४ नम्बरको पल्सर बाइकमा हालेर सुन ल्याउँदै थिए। शनिबार मात्रै पनि सोही नाकाबाट तीन किलो तस्करीको सुन समातिएको थियो ।

सुन तस्करीको ठूला माछा फेला नपरिरहँदा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिले काम गरिरहेको छ। ३८ सय किलो सुन अवैध ओसारपसारमा संलग्न ठूला माछा समात्न सरकार र गृह प्रसानलाई दवाव परेपनि उनीहरु पक्राउ पर्न सकिरहेका छैनन्। 

सुन तस्करीमा राजनीतिक संलग्नताको संकेत पनि सार्वजनिक रुपमा प्रष्ट्याउन समितिले सकिरहेको छैन। यस्तो अवस्थामा अनुसन्धान समिति र सरकारलाई सुन तस्करीको ठूलो माछा समात्ने ठूलो दवाव परेको छ। तर सरकारले ठूला माछा समात्ने काममा सफलता हात पार्न नसकिरहँदा केहि किलो तस्करी गर्ने भरिया भने समातिरहेको छ। 

प्रहरीले काठमाडौंको नागढुङगामा समातेको सुन र त्यसको भरिया पनि सुन तस्करीको सानो माछा मात्र भएको यस क्षेत्रका जानकारहरु बताउँछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ