arrow

व्यापार घाटा कम गर्न मदिरामा कर : अर्थमन्त्री

अर्थ विधेयक पारित

logo
प्रकाशित २०७५ असार १८ सोमबार
khatiwada.JPG

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले व्यापार घाटा कम गर्नका लागि केही विलासितका वस्तुमा कर बढाइएको स्पष्ट पारेका छन् । सोमबार संघीय संसदको बैठकमा अर्थ विधेयक २०७५ माथि सांसदहरुले राखेको संशोधित प्रस्तावको जवाफ दिदै उनले यस्तो बताएका हुन् ।

उनले राजश्व प्रणालीमा आधारित अर्थतन्त्र रहेको र त्यसले मुलुकको वैदेशिक व्यापार घाटा चुलिँदै गएको भन्दै त्यसको प्रतिस्थापनको नीति सरकारले लिएको  बताए । मुलुकको अर्थतन्त्र नै आयातमा निर्भर रहेको र बढ्दो आयातकै कारण मुलुकको वैदेशिक व्यापार घाटा निरन्तर बढ्दै गएकोले केही विलासिताका वस्तुमा कर प्रणाली बढाइएको उनको भनाई थियो ।

व्यापार घाटा तथा मुलुकको अर्थतन्त्रबाट निर्देशित बजेट भएको भन्दै केही विलासितका वस्तुमा कर बढाइए पनि कतिपय वस्तुका अन्तर्राष्ट्रिय व्यापार संगठन डब्ल्युटीओ तथा साफ्टाको सदस्य भएका कारण पनि कर बढाउन नमिलेको उनले संसदमा स्पष्ट पारे ।

मदिरा लगायतक केही वस्तुमा बढाइएको करलाई सामान्य रुपमा लिनु पर्ने उनको भनाई थियो । सोमबारको सो संघीय संसदको बैठकबाट अर्थ विधेयक २०७५ समेत बुहमतले पारित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ