- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई आफ्नो निवास बुढानिलकण्ठ बोलाएका छन् । सभापति देउवाले वर्तमान राजनीतिक अवस्था र महासमिति बैठकबारे छलफल गर्न शीर्ष नेताहरुलाई बुढानिलकण्ठ बोलाएका हुन् ।
मंगलबार ३ बजे बोलाइएको बैठकमा भातृ तथा शुभेक्छुक संस्थाहरुको महाधिवेशनको बारेमा छलफल हुनेछ । बैठकमा विभागहरु गठनका बारेमा पनि छलफल हुनेछ ।
बैठकमा नेपाली कांग्रेसको भातृसंगठन नेविसंघका र तरुण दल लफडामा समेत छलफल हुनेछ । नेविसंघका केन्द्रीय सदस्यहरुले अध्यक्ष नैनसिंह महरले संगठनलाई नै कब्जामा लिएर सञ्चालन गर्न खोजेको आरोप लगाउदै महाधिवेशन माग गर्दै आएका छन् ।
सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार बैठकमा नेपाल महिला संघ लगायतका बिषयमा छलफल हुनेछ। साथै विधान संसोधनका बिषयमा समेत छलफल हुनेछ ।