काठमाडौं। लक्ष्मी बैंकले बाराको जितपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । यो शाखामार्फत सम्पूर्ण रिटेल बैकिंगका साथै बिशेष रुपमा साना तथा कृषि र लघु व्यवसायीमा वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ। बारा जिल्लामा यो बैंकको दोस्रो शाखा हो ।
नयाँ शाखा बिस्तारसँगै लक्ष्मी बैंकको संजाल ४३ जिल्लामा फैलिएको छ। बैंकको ८६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०४ एटिएम, २५०० भन्दा बढि रेमिट्यान्स एजेन्टतथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको जनाएको छ ।
बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बीमालगायतका वित्तीय सेवाहरु दिँदै आएको प्रेस बिज्ञप्तीमा उल्लेख छ।
बैंकले आर्थिक वर्ष २०७३/७४मा ५९.३२ अर्ब रुपैयाँ निक्षेप र ५२.७३ अर्ब रुपैयाँ कर्जा पुर्याएको जनाएको छ। सोही आर्थिक वर्षमा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा कमाउन सफल भएको पनि बैंकले जनाएको छ।