arrow

भारत र चीन ब्रिक्स सम्मेलनभन्दा पहिले अफ्रिकी मुलुकहरुलाई मनाउने प्रयासमा 

logo
प्रकाशित २०७५ असार २४ आइतबार
brics-summit.jpg

काठमाडौं । यो महिनाको अन्तिममा दक्षिण अफ्रिकामा ब्रिक्स सम्मेलन हुँदैछ । यो सम्मेलनमा अफ्रिकी मुलुकहरुलाई मनाउने दौडमा भारत र चीनको बीचमा प्रतिस्पर्धा हुनसक्ने देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि चिनफिङ सम्मेलनभन्दा पहिले पूर्वी अफ्रिकाको भ्रमणको तयारीमा रहेका छन् ।

अहिलेसम्म भारतीय प्रधानमन्त्रीको तर्फबाट आधिकारिक कुनै किसिमको विवरण आएको छैन तर आधिकारिक स्रोतले दिएको जानकारीअनुसार भारतीय प्रधानमन्त्रीले जुलाई २५ देखि सुरु हुने ब्रिक्स सम्मेलनमा भाग लिन जानुभन्दा पहिला रुवाण्डा र युगाण्डको भ्रमणमा जानेछन् । युगाण्डमा यसअघि पनि मोदीले भ्रमण गरिसकेका छन् भने रुवाण्डमा कुनै पनि भारतीय प्रधानमन्त्रीको यो पहिलो भ्रमण हुनेछ । 

मोदीको रुवाण्डा भ्रमण चिनियाँ राष्ट्रपति सिको भ्रमणको एक वा दुई दिन ढिला हुनेछ । चिनियाँ राष्ट्रपतिको लागि पनि रुवाण्डा भ्रमण पहिलो भ्रमण हो । उच्च स्रोतले दिएको जानकारीअनुसार भारतीय प्रधानमन्त्रीले रुवाण्डा वा युगाण्डा भ्रमणले भारतको ध्यान अफ्रिकामा छ भन्ने कुराको संकेत गरेको छ । 

युगाण्डा र रुवाण्डा कमनवेल्थ ग्रुपका सदस्य राष्ट्रहरु हुन् र भारत यो समुहको महत्वपूर्ण समस्या हो । भारतीय प्रधानमन्त्री मोदीको अफ्रिका भ्रमणको क्रममा रुवाण्डाका राष्ट्रपति पोल कगामे र युगाण्डाका राष्ट्रपति योवरी मुसेवेनीसँग भेटको कार्यक्रम रहेको छ र यो क्रममा केही विषयहरुमा सम्झौताको पनि कार्यक्रम तय भएको छ । 

अहिले चीन र भारतका दुवै नेताहरु जुन मुलुकमा भ्रमणको लागि जान लागिरहेका छन्, त्यहाँ चीन पुनर्निर्माणको हिसाबमा महत्वपूर्ण भागीदार मुलुक बन्न सफल भएको छ भने अफ्रिकासँगको व्यापार तथा लगानी पनि भारतको तुलनामा चीनको दोब्बरभन्दा पनि बढी रहेको छ । 

पूर्वी अफ्रिकामा भारत आफ्नो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध बलियो रहेको भन्दै प्रभाव बढाउने दिशामा देखिन्छ । अफ्रिकामा पछिल्लो समय बढिरहेको चीनको प्रभावलाई लिएर भारत केही चिन्तित रहेको छ । 

अफ्रिका निकै तीव्र गतिमा विस्तार भइरहेको बजार हो भन्नेमा दुवै मुलुकहरु जानकार छन् । यस्तोमा तीनले लगाताररुपमा अफ्रिकामा प्रवाह गरिरहेको ऋणले भने भारतको चिन्ता बढाएको हो। चीनको ओबीओआरको योजनामा पनि अफ्रिकी मुलुकहरुले साथ दिने निर्णय गरिरहेका छन्, जुन योजनामा अहिलेसम्म भारतले स्वीकृति दिएको छैन । 

केही समयअघि रोयटर्सले सार्वजनिक गरेको विवरणमा चीनले अहिलेसम्म युगाण्डालाई तीन अर्ब डलरबराबरको ऋण दिएको उल्लेख गरिएको थियो भने ओबीओआरको दुई अर्ब ३० करोड डलरको विषयलाई लिएर छलफल जारी रहेको छ । अफ्रिकाको जिबाउटीमा चीनले आफ्नो जलसेनाको क्याम्प पनि खडा गरेको छ, यसले पनि यो क्षेत्रमा चीनको रुचि देखाउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ