arrow

'बृद्ध र विरामी सुशील कोइरालाको अन्तिम समयमा राम्रो ख्याल भएन'

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
sushil-death.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मृत्युको खबरसँगै केहि तस्विर सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती भएका थिए। निधारमा बाक्लो चन्दन अन सिरकको खोलमा रगतको टाटो भएको तस्विरले प्रश्न गर्नेहरुका लागि अनेक प्रश्न खडा गर्‍यो। चर्चाकै क्रममा धेरै प्रश्नहरु उठे। त्यो प्रश्न अन्तिम श्रद्धाञ्जली दिन उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरुले बुधबार पनि बारम्बार गरिरहे। 'सुशील दा' लाई किन अस्पताल लगिएन?' किन उनको विरामीको खबर बाहिर आएन। किन ल्याउने प्रयास गरिएन। पूर्वप्रधानमन्त्री र पार्टीको सभापति गम्भिर अवस्थामा विरामी पर्दा राज्यलाई र आम पार्टीका कार्यकर्तालाई जानकारी हुनुपर्छ कि पर्दैन? यस्ता अनेक प्रश्नहरुले पार्टी नेताहरुलाई घेरिदा धेरै नेताहरुले आफूहरुको एक दिन अगाडी कुरा भएको दुई दिन अघी कुरा भएको जस्ता जवाफ दिने गर्थे। कतिपयले पार्टी अधिवेशनको बारेमा कुरा गरेको कतिपयले आफ्नो कुरा हुन नपाएपनि अतुल मार्फत कुरा पुर्‍याएको तर यस्तो अवस्थाको कल्पना समेत नगरेको बताएका थिए। 
 
दाहसंस्कारका लागि पशुपति आर्यघाटमा रहेका महामन्त्री कृष्ण प्रसाद सिटौलाले समेत आफलाई समेत उहाँको यस्तो अवस्था होला भनेर कल्पना समेत नगरेको बताए। झापामा रहँदा समेत केहि कुरा भएको सिटौलाले सुनाए। तर यसरी अचानक यस्तो दुखद खबर आउँला भन्ने कल्पना समेत नगरेको सिटौलाले बताए। फोक्सोको क्यान्सको उपचार भएर निको भएका कोइराला अमेरिकाबाट फर्केपछि आफू पूर्ण रुपमा ठीक भएको बताउँदै आएका थिए। बाहिरी गतिविधीमा समेत उनको क्रियाशिलता देखिन्थ्यो। तर धेरै दौडधुप भने गर्न परहेज थियो। सोमबार नेपाली काँग्रेस काठमाडौंको जिल्ला अधिवेशनमा जाने कार्यक्रम पनि अन्तिम समयमा आएर रद्ध गरिएको थियो। 
 
हुन पनि केहि दिनदेखि काठमाडौंको मौसममा आएको परिवर्तन पछि बढेको जाडोले पनि विरामी शुसिललाई केहि अप्ठ्यारो पारेकै थियो। त्यसमा फोक्सोको क्यान्सरको उपचारको क्रममा दिइएको कीमोले पनि उनको फोक्सोलाई खुम्च्याएको थियो। फोक्सोको क्यान्सर नीको भएपनि खोकी लाग्ने र बेलाबेलामा निमोनियाको संकेत देखिन्थ्यो। त्यो उमेरको ब्यक्तिलाई निमोनिया भएपछि अत्यन्तै गाह्रो हुन्छ। कोइरालाकै भाइ अरुणको पनि निमोनियाकै कारण निधन भएको थियो। क्यान्सरका कारण कमजोर भएको शरीर अनि फोक्सो त्यसमा भएको निमोनिया बृद्ध उमेरमा त्यहि काल भयो। तर निमोनियासँगै कमजोर स्वास्थ्यका कारण उत्पन्न समस्या पनि कोइरालाको मृत्युको अर्को कारण बन्न पुग्यो। त्यसैले बाहिरको चर्चालाई बल पनि पुग्यो। 
 
कोइरालाका भान्जा रमेश शर्माले मामाको राम्रोसँग ख्याल हुन नसकेको गुनासो आफूले पनि सुनेको बताए। श्रीमती नेपाल बाहिर गएपछि आफूपनि वानेश्वरमा परिवारका सदस्यहरुसँग बस्दै आएका शर्माले बताए। मामासँग दुई दिनअघी पार्टीको बारेमा लामो छलफल भएको उनले सुनाए। महाराजगञ्जमा भने शुसील कोइराला भने भतिज अतुल सहित केहि सहयोगी र सुरक्षाकर्मीहरुसहित बसेका थिए। प्रधानमन्त्रीबाट हटेपछि पनि उनलाई सहयोग गर्दै आएका सचिवालयका सदस्यहरु मध्यकै मृदुला कोइराला पनि महाराजगञ्जमा हुन्थिन। तर उनी भने विहान र दिउँसोतिर धेरै देखिएपनि रातमा भने आफ्नै बुढानिलकण्ठ निवासतिर जान्थिन। भतिज अतुल र सुरक्षाकर्मीहरुको साथमा हुन्थे प्राय कोइराला। विरामी भएका कोइरालासँग साथमा रहने उनको आवश्यकता पुरा गर्ने काममा सुरक्षाकर्मी र सहयोगीहरुले साथ दिन्थे। तर सोमबार उनको किन ध्यान दिइएन धेरैले प्रश्न गरेका छन्। निधारमा लगाइएको ठूलो चन्दनलाई देखाएरै प्रश्न गर्नेहरुले भनेका छन त्यहाँ कोइराला कतै न कतै लडेका थिए। निधारमा घाउ छोप्ने प्रयास हुँदाहुँदै पनि केहि देखिएको बारेमा उठेको प्रश्नलाई सोमबार बेलुका ९ बजे बाथरुममा जाँदा रिंगटा लागेर लडेको स्रोतको कुराले समेत पुष्टी गरेको छ। उनको निधारमा लागेको चोटको बारेमा दाहसंस्कार गरिसकेपछि पनि कुनै औपचारीक रुपमा बताइएन। परिवारका सदस्यहरुले सिमित नेताहरुसँग दुई दिनअघि लडेको दावी गर्दै आएका छन्। दुई दिन अघी लडको भनेपनि उनलाई अस्पताल नलैजानुलाई पार्टीका आसन्न महाधिवेशनको राजनीतिसँग जोडेर पनि हेर्नेहरु पनि छन्। 
 
हुनपनि महाधिवेशनका तनावका कारण कोइराला केही दिनदेखि निदाउन समेत सकेका थिएनन। पार्टी के हुन्छ लगायतको चिन्ता कोइरालामा थियो। चिन्ताकै बीचमा निदाउन नसक्दा उनलाई निद्रा लाग्ने औषधि समेत दिइएको थियो। तर चिकित्सक करवीरनाथ योगीले त्यसले फोक्सोमा असर गर्छ भनेपछि मात्रै रोकिएको थियो। कोइराला केही समयदेखिनै बिरामी थिए भन्ने जानकार परिवारका सदस्यहरु र सिमित नेताहरुलाई मात्र थियो। पार्टीको महाधिवेशन देशभरी चलीरहेका बेला कोइरालाको अस्पताल भर्नाले नकारात्मक सन्देश जाने सोचले उहाँलाई अस्पताल भर्ना गरिएको थिएन। पार्टीको जिल्ला अधिवेशनपछि भर्ना गर्नेबारेमा छलफल हुँदाहुँदै २५ गते रातीनै अचानक दुर्घटना भयो। कोइरालाको निधन भयो। निधन हुने अवस्थामा पुग्दा समेत सामान्य मानिसलाई झै अस्पताल पुर्‍याउने तदारुकता देखाइएन। कोइराला बसेका निवासबाट ५ मिनेटकै दुरीमा कैयन सुविधासम्पन्न अस्पतालहरु छन्। तर लगिएन। एकाएक मृत्युको खबर बाँडियो। भान्जा रमेशले एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा भने ' जति ख्याल हुनसक्थ्यो त्यति भएन।' विरामी र बृद्ध शुसील दाईलाई वाथरुम जाँदा एक्लै जानदिनु र वाथरुममै लडेको कुरा पुष्टी हुनुले  विरामीको स्याहारमा केहि हेल्चेक्याइ थियो भन्ने कुरा पुष्टी भएको छ। दाहसंस्कार नै भएपछि सबैकुरा पञ्चतत्वमा मिलिसकेको छ। तर धेरैको मनमा खड्किएको यो कुराले सम्वन्धितहरुबाट जवाफ चाहि खोजेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ