श्रमिकको नयाँ न्यूनतम तलवमान १३ हजार ४सय ५० तोकियो
प्रकाशित २०७५ असार २५ सोमबार
191
Shares
काठमाडौं। श्रमिकहरुको न्यूनतम तलवमान वृद्धी गरिएको छ। तलवमान वृद्धी गर्न बसेको रोजगारदाता संस्थाहरु र ट्रेड युनियन संस्थाहरुको संयुक्त वैठकले श्रमिकहरुको न्यूनतम तलवमान बृद्धी गरेको हो।
जेटियुसीसीमा आवद्ध ट्रेड युनियन संस्थाहरु र रोजगारदाता संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श र नेपाल साना उद्योग तथा घरेलु महासंघका प्रतिनिधीहरुबीच भएको सहमति पछि नयाँ न्यूनतम तलवमान तोकिएको वैठकमा सहभागि एक ट्रेड युनियनका नेताले जनाएका छन्।
नयाँ तलवमान अुनसार श्रमिकले न्यूनतम १३ हजार ४ सय ५० तलव पाउने छ। यसअघी श्रमिकले ९ हजार ७ सय पाउँदै आएको थिए। नयाँ सहमति अनुसार तलवमानमा ३८ दशमलव ६६ प्रतिशत अर्थात ३ हजार ७ सय ५० वृद्धी भएको छ।
यसअघी श्रमिकको तलवमानमा ६ हजार २ सय ५ आधारभुत तलवमान थियो भने महंगी भत्ता ३ हजार ४ सय ९५ थियो। नयाँ बृद्धी भएको तलवमानमा ८ हजार ४ सय ५५ आधारभुत तलवमान तोकिएको छ भने ४ हजार ९ सय ९५ महंगी भत्ता तोकिएको छ।
नयाँ न्यूनतम तलवमान सोमबार साँझसम्म सार्वजनिक गर्ने तयारी रहेको छ।
यो नयाँ तलवमान अहिलेसम्मकै गरिएको उच्च वृद्धी हो। नेपालका ट्रेड युनियन संस्थाहरुले न्यूनतम तलवमान वृद्धी गर्नुपर्ने माग लामोसमयदेखि गर्दै आएका थिए।