arrow

वार्ताका लागि डा गोविन्द केसी तयार

logo
प्रकाशित २०७५ असार २७ बुधबार
govinda-kc-emergency.jpg

काठमाडौं । आमरण अनसनरत सत्याग्रही प्राडा गोविन्द केसी वार्ताका लागि तयार भएका छन् । १२ दिनदेखि जुम्लामा अनसनरत डा केसीले वार्ता नचाहेको भन्दै अफवाह फैलाउँदै हिंडेको सरकारको नियत ठीक नभएको पाएपछि डा केसी आफैले प्रेस विज्ञप्ति जारी गर्दै वार्ताका लागि तयार रहेको बुधबार बिहान बताएका हुन् । 

यस्तो छ विज्ञप्ति 
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु
चिकित्सा शिक्षा ऐन सही रुपमा आउनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न मागहरु राखी हामी सत्याग्रहमा रहेको आज १२औं दिन भइसकेको छ । 

यतिका दिनसम्म संवेददनहीन र गैर जिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामी कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी पनि गराउन चाहन्छौं । 

सरकारलाई चाहिं यसै विज्ञप्तिमार्फत दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी कामहरु गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न स्मरण गराउँछौं । 

डा गोविन्द केसी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

२०७५।३।२७



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ