- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सर्वियन खेलाडी नोभाक जोकोभिचले चौथो पटक विम्बल्डन टेनिसको उपाधि चुम्न सफल भएका छन् । आइतबार राति भएको फाइनलमा साउथ अफ्रिकन खेलाडी केभिन एन्डरसनलाई सोझो सेटमा पराजित गर्दै जोकोभिचले उपाधि उचाल्न सफल भएका हुन् ।
जोकोभिच ६–२, ६–२ र ७–६ ले खेल आफ्नो पक्षमा पार्न सफल भएका हुन् । यो जोकोभिचको १३ औं ग्राण्डस्लाम हो ।
एन्डरसनले क्वार्टरफाइनलमा रोजर फेडेरर र सेमिफाइनलमा जोन इस्नरलाई हराएर सनसनी मच्याएका थिए ।
जोकोभिचले सेमिफाइनलमा राफायल नाडाललाई हराएका थिए ।