- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतको लागि नेपाली राजदूत सिफारिस गरेको छ । संयोग सरकारले सिंहदरबारमा भारतका लागि राजदूत रिफारिस गर्दै गर्दा नीलकण्ठ भने भारतको हिमाञ्चल प्रदेशका धार्मिक स्थल घुमिरहेका छन् ।
हिमाञ्चलबाट फोनमा कुरा गर्दै उनले भने, ‘के खुसीको कुरा हो । म त कहाँ भनौँ, भारतको हिमाञ्चलमा रहेका विभन्न पीठहरुको दर्शनमा निस्केको छुँ ।’
उप्रेतीको मोवाईल निकैबेर व्यस्त थियो । व्यस्त भएको जानकारी समेत अंग्रेजी र हिन्दीमा आईरहेको थियो । फोन उठ्नासाथ हर्षित स्वर सुनियो । आफु राजदूत सिफारिस भएको कुरा उनले पाहा पाईसकेको भएपनि नथाहापाएको झैँ गरे ।
उनले भने, ‘ए ए हाे र ?, यो त खुसीको कुरा हो ।’ धार्मिक यात्रा मात्रै हो कि ? अन्य विशेष काम थियो ? हाँस्दै उनले भने, ‘धार्मिक यात्रा हो ।’
सोमबार बसेको मन्त्रिपरिषद बैठकले उप्रेतीलाई भारतका लागि राजदूत सिफारिस गरेको हो । अब उप्रेतीेको नाममा संसदीय सुनुवाई हुनेछ । संसदीय सुनुवाईपछि एग्रिमोको लागि सम्बन्धित देशमा पठाइने छ । भारतको राजदूत रहेका दीपकुमार उपाध्याय चुनावका लागि फर्किएपछि भारतमा राजदूत रिक्त छ ।