arrow

आइएमई जनरल इन्स्योरेन्सद्वारा एक अर्ब भन्दा बढी बीमा प्रिमियम संकलन

logo
प्रकाशित २०७५ साउन ३ बिहिबार
imeee.jpg

 काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७४/७५ मा कूल बीमा शुल्क रु .१ अर्ब ९२ लाख आर्जन गरेको छ।  व्यवस्थापन तथा कर्मचारीहरुसँग शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले गत आर्थिक वर्ष एक अर्ब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएकोमा खुशी प्रकट गरेका छन्। 

२०७५ आषाढ मसान्तसम्ममा कम्पनीको शाखा सञ्जाल ४२, कर्मचारी संख्या २३५ रहेको जानकारी दिंदै उनले आगामी दिनमा नेपालको एक उत्कृष्ठ निर्जीवन बीमा कम्पनीको रुपमा आईजीआईलाई स्थापित गर्ने उद्देश्यका साथ कार्य गर्ने जनाएका छन्।  साथै उनले कम्पनीको संचालक समिति, शेयरधनी तथा  व्यवस्थापन, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायत सम्पूर्ण कर्मचारीहरुको मेहनतको सम्मान गर्दै सबैलाई धन्यवाद दिए ।

साथै सोही अवसरमा कम्पनीसंग व्यावसायिक सम्बन्ध राख्ने ग्राहकप्रति हृदय देखि कृतज्ञता व्यक्त गर्दै श्रेष्ठले आउने दिनहरुमा अझ गहिरो व्यावसायिक सम्बन्ध स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ