साउन १३ बाट शिवम् सिमेन्टले स्थानीयलाई आइपीओ बिक्री गर्दै
प्रकाशित २०७५ साउन ३ बिहिबार
605
Shares
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले साउन १३ गतेदेखि मकवानपुर क्षेत्रका वासिन्दाहरुलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावितलाई प्रतिकित्ता ३०० रुपैयाँको दरले आइपीओ बिक्री गर्ने जनाएको छ। यसका लागि आइपीओमा भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
स्थानीयले सी–आस्वाबाट तथा मकवानपुरको हेटौंडामा रहेका महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक,गरिमा विकास बैंक, ज्योति विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक तथा ओम डेभलपमेन्ट बैंकबाट आवेदन आवेदन फारम भर्न सक्नेछन ।
नेपाल बंगलादेश बैंकको हेटौंडा र मकवानपुरगढी, सेन्चुरी बैंकको हात्तिमुडे, भिमफेदी, मनहरी, दामन, बज्रवाराही, हटिया,चौगढ, कामने र बस्तीपुर तथा बैंक अफ काठमान्डूको हेटौंडा र कुलेखानी शाखाबाट पनि आइपीओ भर्न सकिन्छ । यसैगरी, शिवम् सिमेन्टको फ्याक्ट्रि रहेको स्थान र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलबाट पनि शेयर भर्न सकिन्छ ।