काठमाडौं । बीमा समिति र विभिन्न बीमा कम्पनीको संयुक्त लगानीमा तालिम ईन्स्टिच्युटको स्थापना भएको छ । बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव भईरहने र दक्ष जनशक्ति पाउनै मुस्किल भएको भन्दै बीमा सम्बन्धि तालिम दिने उद्देश्यले बीमा ईन्स्टिच्युट स्थापना गरिएको हो । आईतबार एक कार्यक्रमकाबीच बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बीमा ईन्स्टिच्युटको उद्घाटन गरेका हुन् ।
ईन्स्टिच्युटको अध्यक्षमा बीमा समितिका निर्देशक राजुरमण पौडेल र प्रमुख कार्यकारी अधिकृतमा भोजराज शर्मा नियुक्त भएका छन् । करिब १ करोड रुपैयाँ पुँजी लगानीमा स्थापना गरिएको यो ईन्स्टिच्युट अहिले बीमा समितिको कार्यालय परिसरमा नै रहने बताइएको छ ।
वर्षै पिच्छे नयाँ बीमा कम्पनी थपिँदै गएपछि बीमा बजारमा जनशक्तिको अभाव देखिए र त्यसको सामाधानका लागि ईन्स्टिच्युटको स्थापना गरिएको हो । आगामाी केही वर्षमै अहिलेको समस्या कम हुने अपेक्षा गरिएको अध्यक्ष चापागाइले बताए । उनले प्रमाणपत्र नियमावलीअनुसार बीमा प्रशिक्षण कार्यक्रममा अनिवार्य सहभागि हुन समेत बीमा कम्पनीहरुलाई सेचत गराए ।