अछाम । अछाम जिल्लाको कमलबजारमा रहेको कलबजार बिमानस्थललाई कालोपत्रे गरी नियमित रुपमा सञ्चालनमा ल्याउनका लागी आन्दोलनका रुपमा अगाडि बढाउने छलफल भएको छ ।
पञ्चदेवल बिनाय नगरपालीकाका नगर प्रमुख देवराज देवकोटा र कमलबजार नगरपालीकाका नगर प्रमुख ओम प्रकाश बिष्ट बिच मंगलबार कमलबजारमा भएको छलफलका क्रममा कमलबजार बिमानस्थललाई सञ्चालनमा ल्याउनका लागी सम्पुर्ण सरोकारवाला निकायसंग छफलफल गर्ने ,अन्तरक्रिया गर्ने ,स्थानिय तहले ठोस रुपमा पहल गर्ने र पुर्वी अछामका दुई तुर्माखाद गाँउपालीका र ,ढकारी गाँउपालीकालाई साथमा लिएर जाने बिषयमा छललफल भएको छ ।
छलफलमा कमलबजारका नगर प्रमुख ओम प्रकाश बिष्टले कुनै बेला कमलबजार बिमानस्थल बिकाशको कोषे ढुंगा रहेको बताएका छन । अहिले बिमानस्थल जंगलमा परिणत भई बिमानस्थलको अवस्था एकदमै दयनिय हुदा देख्दा निकै नरमाईलो लागेको बताए ।
त्यस्तै पञ्चदेवल बिनायक नगरपालीकाका नगर प्रमुख देवराज देवकोटाले बिमानस्थलको बिस्तृत प्राबिधिक प्रतिबेदन तयारी पारी यसै आर्थिक बर्षबाट कालोपत्रेको प्रक्रियामा लैजाने र अर्को बर्षबाट नेपालगंज देखी कर्णाली अञ्चलका जिल्ला र कमलबजार बिमानस्थलका लागि उडान भर्ने गरी काम अगाडि बढाउने बताए । साथै देवकोटाले अबको दुई बर्षभित्र बिमानस्थलको घेराबार ,आन्तरीक सरसफाई ,बिमानस्थल गार्ड ,सञ्चार उपकरण बतअ टावर ,यात्रुहरुका लागी टर्मिनल भवन बनाउनको लागी पहल गर्ने बताए ।
२०५१ सालबाट निमार्णकाय सुरु भई २०५५ सालमा विमानस्थल निमार्ण कार्य सम्पन्न भएको थियो । । २०५८ सालको माओवादी द्वन्दमा परि बिमानस्थलको टावर नै ध्वस्त हुदा बिमानस्थल सञ्चालनमा नआएर नै बन्द भएको थियो । नियमित ब्यवसायीक उडान नभई बिमान स्थलको संरचना नाई ध्वस्त भईसकेको छ । साँफेबगर विमानस्थल बन्द हुँदा आकस्मिक कामका लागि जिल्ला बाहिर जाने र सिकिस्त बिरामीलाई समस्या पर्दै आएको छ । विमानस्थल सञ्चालनमा नहुँदा हालसम्म थुप्रै गर्भवती महिला तथा अन्य बिरामीहरूले समयमै उपचार नपाएर ज्यान गुमायका छन् ।
मंगलबार दुबै नगरपालीकाका नगर प्रमुखहरुले बिमानस्थलको अवलोकन समेत गरेका थिए । छफलफल कार्यक्रममा कमलबजार नगरपालीकाका उप प्रमुख भुमिशरण ढकाल बजगाँई, नेपाली कांग्रेस अछामका सहसचिव तथा पार्टी प्रवक्त बेद प्रकाश तिमील्सैना कमलबजार नगरपालीकाका निमीत्त प्रशासकिय अधिकृत टंक भण्डारी ,कमलबजार नगरपालीकाका कानुनी सल्लाहकार बल बहादुर बिष्ट लगायतको सहभागिता रहेको थियो ।