arrow

नेपालको अध्यागमन सुरक्षाबारे अमेरिकी चासो

logo
प्रकाशित २०७५ साउन ९ बुधबार
airport.jpeg

काठमाडौँ । नेपालको अध्यागमन सुरक्षाबारे अमेरिकाले चासो  राखेको छ । बुधबार नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले नेपालको अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको बताएकी छिन् ।

गृहमन्त्री रामबहादुर थापालाई  मन्त्रालयमा भेट पुगेकी राजदूत टेप्लिजले अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्नेलगायतका विषयमा जिज्ञासा राखेकी थिइन् ।

जवाफमा मन्त्री थापाले ती विषय मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी दिए ।  सो भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एवं तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा समेत कुरा भएको थियो ।

केही दिनमा राजदूतको रुपमा नेपालबाट आफ्नो कार्यकाल सम्पन्न गरेर फर्किन लागेकी राजदूत टेप्लिजले आफ्नो कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध थप मजबुत बनाउन खेलेको भूमिकाप्रति गृहमन्त्रीले धन्यवाद व्यक्त गरिन् ।

पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच भइरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले विश्वशान्ति कायम गर्न सहयोग पुग्ने विश्वास गृहमन्त्रीले व्यक्त गरे ।

राजदूत टेप्लिजले १३ दिनपछि नेपालको कार्यकाल सम्पन्न गरेर अमेरिका फर्कन लागेको जानकारी दिँदै आफ्नो नेपाल बसाइ सुखद रहेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ