arrow

कोइरालाको निधनपछि काँग्रेस संस्थापनमा सभापतिका आकाँक्षी बढे

रामचन्द्रसँगै सिटौला, सिंह, केसी, महत र कोइराला पनि आकाँक्षी

logo
प्रकाशित २०७२ माघ २९ शुक्रबार
koiralas-congress.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका सभापति तथा १३औं महाधिवेशनमा समेत संस्थापनबाट सभापतिका प्रत्यासीका रुपमा रहेका शुसिल कोइरालाको निधनपछि काँग्रेस संस्थापन पक्षभित्रको आन्तरिक राजनीतिक समिकरण तरल देखिएको छ। यहि तरल अवस्थामा काँग्रेस सभापतिको दावेदारको रुपमा कोइराला जीवित भएदेखिनै लागिरहेका उपसभापति रामचन्द्र पौडेल संस्थापन पक्षमा एक साझा उमदे्वारको रुपमा आफूलाई बनाउन पार्टी नेताहरुसँग छलफलमा लागिपरेका छन्।  
 
तर सभापतिको उम्मेद्धारका रुपमा रामचन्द्र पौडेल साझा उमेद्वार बन्न निकै पापड बेल्नुपर्ने स्थित देखिएको छ। काँग्रेस उपसभापति पौडेलसँगै महामन्त्री कृष्ण सिटौला, महामन्त्री प्रकाशमानसिं, प्रभावशाली केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, रामशरण महत र सुजाता कोइराला पनि आकाँक्षी देखिएका छन्। यसमध्येका केहिले शुसिल कोइरालाको निधन अघी नै आफूलाई आगामी सभापतिको प्रत्यासीको रुपमा उभ्याएका थिए। तर कोइरालाको निधनपछि यो आवाज ठूलो हुँदै गएको छ। 
 
सभापतिको निधनपछि पार्टी शोकमा हुँदा धेरै छलफल र वैठक गर्दा नकारात्मक सन्देश जाने कारणले नेताहरुले समुहको भेलाहरु कम गरेपनि एक अर्कासँगको भेटघाटलाई भने बाक्लो बनाएका छन्। 
 
संस्थापन पक्षबाट भावी सभापतिको आफु एक्लो उम्मेद्धार बनाउन लागिपरेका पौडेलले यसबीचमा संस्थापन पक्षका प्रभावशाली नेताहरुसँग परामर्श शुरु गरेका छन्। उनले बिहिवार गरेको छलफल शुक्रवार पनि जारी राखे। शुक्रवार पौडेलले महामन्त्री प्रकाशमान सिंहसँग पनि पार्टी सभापतिका रुपमा आफूलाई अगाडी सार्न आग्रह गरेको बुझिएको छ। 
 
साथै अर्का महामन्त्री कृष्णप्रसाद सिटौला, प्रभावशाली नेताहरु डा. रामशरण महत र अर्जुननरसिंह केसीसँग पनि पौडेलले छलफल गरेका छन्। कोइरालाको निधनपछि पार्टीले १३ दिनसम्म शोक मनाउने बताएपनि महाधिवेशनलाई अपबाद मान्दै महाधिवेशनको काम फागुन १ गतेबाट गर्ने पार्टीले निर्णय गरेको छ। यो अवस्थामा फागुन १ गतेबाट महाधिवेशन लक्षित गतिविधी शुरु हुने भएकोले सबै नेताहरु आफ्नो पक्षमा माहौल बनाउन लागिपरेका छन्। सभापतिका आकाँक्षीहरुका समर्थक र शुभेच्छुकहरु सामाजिक सञ्जालमा प्रचार र आफ्ना चिनेजानेकाहरुसँग आफ्ना नेताको पक्षमा वकालत गर्न पनि थालेका छन्।
 
पौडेलको सक्रियतालाई पनि यसै कोणबाट हेरिएको छ। तर थप छलफल आवश्यक भएको भन्दै नेताहरुको छलफल निष्कर्षमा पुग्न सकेको छैन। संस्थापन पक्षबाट साझा उमेद्वार बनाउन दवावमा सबै नेताहरु रहेपनि आफ्नो पक्षमा माहौल बनिहाल्छकी भन्ने आशमा केहि चरणमा छलफल अघी बढाउने सोचमा नेताहरु रहेको बताइएको छ। सिंहले आफूलाई पनि विभिन्न तहका नेता कार्यकर्ताहरुले सभापतिमा उमेद्वार बन्न दवाव दिएको पौडेलसँग राखेका छन्। सिटौला झापाबाटै सभापतिको उमेद्वारी घोषणा गरेर काठमाडौं आउन चाहन्थे तर कोइरालाको निधनपछि उनको घोषणा रोकियो। उनी फागुन १ पछि घोषणाको तयारीमा छन। महत निकटहरु पनि उनलाई सभापतिको तयारीका लागि प्रेरित गरिरहेका छन्। केसी पनि सभापतिमा उमेद्वार हुने तयारीमा छन। सुजाता कोइरालाले विराटनगरमा सभापतिको लागि यस अघी नै घोषणा गरिसकेकी छन्। 
 
तर आकाँक्षीहरु धेरै भएपछि सबैलाई एकै ठाउँमा बसेर साझा उमेद्वार बनाउन कार्यकर्ताहरुको दवाव परेको छ। संस्थापन पक्षका नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमानसिंह, रामशरण महत, अर्जुननरसिंह केसी, सुजाता कोइराला, नरहरी आचार्य, महेश आचार्य, मिनेन्द्र रिजाल, शेखर कोइराला, शशांक कोइराला, पद्म नारायण चौधरी, दिलेन्द्र बडु, आनन्द ढुङगाना, दील बहादुर घर्ती, फरमुल्लाह मन्सुर, गगन थापा, मोहम्मद अफताव आलम सहितका नेताहरु एक ठाउँमा बसेर साझा उमेद्वार बनाउने प्रयास हुने बताइएको छ। तर आचार्य विरामी भइ अस्पताल भएको अवस्थामा उनी सो वैठकमा उपस्थित हुनसक्ने सम्भावना छैन। सुजाता कोइराला यसअघी पनि यस्ता बैठकहरुमा खासै कम उपस्थित हुने कारणले यो वैठकमा उपस्थित हुने नहुनेमा शंका छ। तर अन्तिम समयमा उनी पनि सहभागि हुनसक्ने बताइएको छ। 
 
तर सभापतिको उमेद्वार घोषणा ढीलो हुँदा त्यसको सोझो फाइदा देउवा पक्षलाई हुने आँकलन संस्थापनका नेताहरुमा पनि छ। देउवा पक्ष सभापति बाहेकको टीम मिलाउन लागिरहँदा सो टीम बढी संगठीत र योजनाबद्ध देखिने बुझाइ पनि संस्थापन टीममा छ। तर आफूहरुसहितका आकाँक्षीहरु धेरै यतैतर्फ भएको र आकाँक्षीहरु मध्येलाई कसरी समेट्ने भन्नेमा अझै कुरा मिल्न नसक्दा अन्यौल संस्थापन पक्षमा छ। यसको सोझो निकास भनेको मौजुदा विधानमा संसोधन गरेर जान सकिनेमा अधिकांश संस्थापनका केन्द्रीय नेताहरुको मत छ। तर संस्थापनका केहि नेताहरु पनि देउवा पक्षका झै विधान संसोधन गरेर पद बढाउन नहुनेमा भन्नेमा छन्। जसका कारण संस्थापन पक्षमा निकै गृहकार्य गरेर मात्र टीम मिल्न सक्ने देखिएको छ। यो गृहकार्य प्रतिष्पर्धाका लागि भने ढीलो पर्न सक्ने चिन्ता संस्थापन निकटका नेता कार्यकर्ताहरुको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ