एमसीसी ट्राइसिरिजः नेपालले आइतबार एमसीसी र नेदरल्याण्डसंग खेल्दै
प्रकाशित २०७५ साउन १३ आइतबार
416
Shares
काठमाडौं । मेरिलिबर्न क्रिकेट क्लव ट्राइसिरिज क्रिकेटमा आइतबार नेपालको भिडन्त एमसीसी र नेदरल्याण्डसंग हुँदैछ । तीन टिमबीच आइतबारै सबै आपसमा भिडन्त हुनेछ । दोस्रो पटक टी–२० को मान्यता पाएपछि नेपालले पहिलो पटक टी–२० इन्टरनेशनल खेल खेल्न लागेको हो ।
क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा पहिलो खेलमा २ः४५ मा एमसीसी र नेदरल्याण्ड, साँझ ६ बजे एमसीसी र नेपाल तथा राति १० बजे नेपाल र नेदरल्याण्ड खेल्नेछन् । एमसीसीबाट श्रीलंकन पूर्व कप्तान माहेला जयबर्दनेले कप्तानी सम्हाल्ने छन् । नेपालका लागि यो खेल राम्रो अभ्यास पनि हुनेछ ।
नेपाल र नेदरल्याण्ड बीचको खेलमा अन्तर्राष्ट्रिय मान्यता पाउने छ । नेपालले अन्तर्राष्ट्रिय टी–२० खेल ११ वटा खेल खेलेको छ । सबैभन्दा बढी खेल भने नेदरल्याण्डुंगै खेलेको छ । नेपालले एक खेलमात्र जितेको थियो । लर्ड्समा कस्तो प्रदर्शन गर्ला त्यसले पनि मनोबल बढाउने काम गर्नेछ ।
यो ट्राइसिरिजपछि नेपाल र नेदरल्याण्डबीच नेदरल्याण्डमा पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय खेल हुनेछ ।