-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । लिग सुरु हुनुअघि भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कप प्लेअफ फुटबलमा इंगलिस क्लव लिभरपुलले शानदार प्रदर्शन गरिरहेको छ ।
लिभरपुलले आफूभन्दा अब्बल देखिँदै आएका म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडलाई पराजित गरेको छ ।
म्यान्चेस्टर सिटीलाई बिहिबार राति २–१ ले हराएको लिभरपुलले शनिबार राति म्यान्चेस्टर यृुनाइटेडलाई ४–१ ले हरायो ।
२८ औं मिनेटमा सादियो मानेको पेनाल्टी गोलबाट अग्रता लिएको लिभरपुलले त्यसको तीन मिनेटमै एन्द्रेस पेरेराको गोलबाट युनाइटेडले बराबरी गर्यो ।
हाफटाइमपछि भने लिभरपुलले लगातार तीन गोल गर्यो । डानियल स्टुरिज, ओजो र जर्दान शाकिरीले एक एक गोल गरे ।
लगातारको जितले लिभरपुल म्यानेजर योर्गेन क्लोपलाई उत्साही बनाएको छ भने म्यान्चेस्टर युनाइटेडका म्यानेजर होजे मौरिन्होलाई खिन्न पारेको छ ।
अमेरिकाको विश्वकै दोस्रो ठूलो मैदानमा यो खेल १ लाख १ हजार २ सय ५४ दर्शकले उक्त खेल हेरेका थिए ।
यसबारे मौरिन्होले कुनै प्रतिक्रिया नै दिन मानेनन् । किनकि उनलाई लज्जा भइरहेको छ ।
अन्य खेलहरुमा युभेन्टसले बेनेफिकालाई पेनाल्टी सुटआउटमा ४–२ ले, चेल्सीले इन्टरमिलानलाई ५–४ ले, म्यान्चेस्टर सिटीले बायर्न म्युनिखलाई ३–२ ले हरायो ।










