arrow

नेयमारको अस्वाभाविक हाउभाउ बाल्यकालदेखिकै स्वभाव 

भन्छन् –मेरो केटौलेपन अझै गएन 

logo
प्रकाशित २०७५ साउन १४ सोमबार
neymar-new-denmark.JPG.jpeg

काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृत्रिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिएका छन्।

ब्राजिलियन राष्ट्रिय फुटबल टिमका कप्तान नेइमारले हालै रसियामा सम्पन्न विश्वकप फुटबलका क्रममा  ‘अस्वभाविक अभिनय’ गरेको भनी विश्वभर आएको आलोचनालाई सम्वोधन गर्दै उनले भने, ‘खुट्टाका नलीमा जुत्ताको चोटलाग्दा, मेरुदण्डमा ठक्कर लाग्दा, खुट्टामा विपक्षी साथीहरूको पैतालाले कुल्चिँदा म जमिनमा ढल्नु स्वभाविक हो।’

उनले भने ‘हुनसक्छ, पीडाका कारण जमिनमा म ढल्दा अस्वभाविक लागेको हुनसक्छ वा दर्शकले यसलाई अस्वभाविक अभिनय भने होला तर यो मेरो बाल्यकालदेखिकै बानी हो ।’

पेरिस सेन्ट जर्मेनका फरवार्ड खेलाडी नेइमारले पोर्चुगाली भाषामा भने, “तपाईहरू सबैले सोच्नुहोला खेलका समय म धेरै नै लडेँ। तर वास्तवमा म लडेको हो, अभिनय गरेको होइन। हुनसक्छ, खेलका समय मैले शरीरलाई केही सन्तुलित पार्न सक्नुपथ्र्यो त्यो सक्दिन। यो मेरो स्वाभाव बनिसकेको छ।”

यसबाट मलाई नै खुट्टाको गोलीगाँठोमा चोट लागेको छ र गत फेब्रुअरीमा शल्यक्रिया नै गर्नुपरेको थियो। उनले भने, “जतिवेला म लड्छु नि यो मैले एउटा अभिमानी बालकले जस्तो गलत धारणा राखेर लडेको होइन तर म अझै मेरो समस्यालाई व्यवस्थापन गर्न सिकिसकेको छैन। मभित्र त्यहाँ अझै पनि केटाकेटीपन रहेको छ र कहिलेकाँही यसले विश्वलाई दिग्भ्रमित पारिदिन्छ। तपाईहरूको आलोचनाले मलाई मेरो कमजोरी सच्चाउने अवसर मिल्छ। यसबाट ब्राजिलको फुटबल क्षेत्रलाई पनि सुध्रने अवसर प्राप्त हुनेछ।’

नेइमारले गत हप्ता एएफपीलाई दिएको अन्तवार्तामा ब्राजिलको विश्वकपमा अनपेक्षित हारले आफूलाई कहिलेकाँही बललाई नहरौँ जस्तो लाग्ने गरेको वा अब फुटबल नै नखेलौँजस्तो लाग्ने गरेको खुलासा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ