arrow

सेरेनाको लज्जास्पद हार

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
serena-williams-tennis1.jpg

लस एन्जेलस। तेइस पटक ग्रान्डस्लाम उपाधि जितिसकेकी लन टेनिस खेलाडी सेरेना विलियम्सले डब्लुटिए सान जोसे प्रतियोगिताको पहिलो राउन्डमै नराम्रो हार व्यहोरेकी छन्। उनी जोहाना कोन्टेसँग ६–१, ६–० ले पराजित भएकी हुन्।

खेल हेर्न ठूलो संख्यामा दर्शकहरु रङ्गशालामा उपस्थित भएका थिए, तर ५२ मिनेटमै खेल सकिएपछि दर्शकहरु निराश भएका थिए।

यति छोटो समयमा यसअघि सेरेना सिंगापुरमा भएको सन् २०१४ को डब्लुटिए फाइनलमा हारेकी थिइन्। उक्त खेलमा सिमोना हालेपसँग सेरेना ६–०, ६–२ को सोझो सेटमा पराजित भएकी थिइन्। पहिलो राउन्डको अर्को एक खेलमा चीनकी सातौं वरियताकी झाङ शुईलाई बेलारुसकी भेरा लाप्कोले ७–६(२), ६–० सेटमा पराजित गरिन्। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ