नेदरल्याण्ड्सविरुद्ध पारसको जादू, एक्लैले लिए ४ विकेट
नेदरल्याण्ड्सको ९ विकेट पतन
प्रकाशित २०७५ साउन १६ बुधबार
393
Shares
काठमाडौं । नेपाल र नेदरल्याण्ड्सबीचको अन्तर्राष्ट्रिय एक दिवसीयमा नेपाली टोलीका कप्तान पारस खड्काले जादूई बलिङ गरेका छन् । पारस एक्लैले ४ विकेट लिएका छन् ।
कप्तान पारस खड्काले सुरुमा वेल्सी वारेसीलाई आउट गर्दै नेपाली टोलीलाई चोथो सफलता दिलाएका थिए । पछि उनले बेन कुपर, माइकल रिपन र शेन स्नेटरलाई आउट गरे । पारसले अन्तर्राष्ट्रिय एकदिवसीयको डेब्यूमै चार विकेट लिएर नयाँ रेकर्ड बनाएका छन् ।
नेदरल्याण्ड्सको ९ विकेट पतन हुँदा सोमपाल कामीले २, सन्दिप लामिछाने, बसन्त रेग्मी र करण केसीले एक–एक विकेट लिएका छन् । टस जितेर पहिले व्याटिङ गरेकाे नेदरल्याण्ड्सले ९ विकेट पतन हुँदा एक सय ९० रन बनायाे ।