पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा रनको खाता खोल्ने भाग्यमानी ज्ञानेन्द्र
प्रकाशित २०७५ साउन १६ बुधबार
506
Shares
काठमाडौं । नेपालको आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा रनको पहिलो खाता खोल्ने भाग्यमानी उपप्तान ज्ञानेन्द्र मल्ल भएका छन् ।
उनले पहिलो बलमै ३ रन जोडे । २७ वर्षीय ज्ञानेन्द्र नेपालका भरपर्दा व्याट्सम्यान हुन् । उनले २०१४ मा हङकङविरुद्ध भएको टि–ट्वेन्टीबाट अन्तर्राष्ट्रि क्रिकेटमा डेब्यू गरेका थिए ।
उनले त्यो खेलमा ४१ बलमा ४८ रन बनाए । एक छक्का, ४ चौका प्रहार गरेका थिए, उनले । दायाँ हाते व्याट्सम्यान ज्ञानेन्द्रले लिस्ट ए मा ९ सय रन बनाएका छन् । उनले टि–ट्वेन्टी अन्तर्राष्ट्रियमा एक सय ६३ रन बनाएका छन् । नेपालको पहिलो अन्तर्राष्ट्रिय एक दिवसीयमा किकेट भने सोमपाल कामीको पोल्टामा परेको छ ।