arrow

प्रदेश नम्बर ७ मा देउवापक्ष बलियो, ‘५२ घुस्सा ५३ ठक्कर’

प्रदेश ७ का रोचक प्रसंगहरु

logo
प्रकाशित २०७२ फागुन १ शनिबार
pradesh-7.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १३औं महाधिवेशनमा देशभरबाट प्रतिनीधि चयन हुने क्रम सकिएको छैन । केही जिल्लामा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सकिएपनि अधिकांश क्षेत्र तथा जिल्लामा अधिवेशन हुन सकेका छैनन् । कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनपछि अविधेशन गतिविधि रोकिएका हुन् । कोइरालाको निधनपछि बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले फागुन १ अर्थात शनिबारबाट गतिविधी सुरु गर्ने निर्णय गरेको थियो । सोही अनुसार अब केही दिनमै बाँकी अधिवेशन हुनेछन् । 
 
दलहरुले तयार गरेको संघीय संरचना अन्तर्गतको प्रदेश नम्बर ७ अर्थात् पहिलेको सेती र महाकाली अञ्चलमा क्षेत्रीय अधिवेशनहरु सकिएका छन् । केही जिल्लामा जिल्ला अधिवेशन हुन बाँकी छ । स्थानीय अधिवेशनको नतिजा हेर्दा प्रदेश ७ मा देउवा पक्ष बलियो देखिएको छ । २१ निर्वाचन क्षेत्रमध्ये १४ निर्वाचन क्षेत्रमा देउवाकै महाधिवेशन प्रतिनीधि र क्षेत्रीय सभापति चयन भएका छन् । संस्थापन पक्षको भागमा ६ निर्वाचन क्षेत्र मात्रै परेको छ । बाँकी १ निर्वाचन क्षेत्र अर्थात् बाजुरा जिल्लामा पक्ष खुलेको छैन । प्रतिशतका आधारमा देउवा पक्ष ६७, संस्थापन पक्ष २९ र नखुलेको ४ प्रतिशत देखिन्छ । 
 
प्रदेश ७ का रोचक प्रसंगहरु 
 
अछाम : संस्थापनलाई सकस 
२ निर्वाचन क्षेत्र रहेको अछाम जिल्लामा दुवै क्षेत्रका सभापति देउवा पक्षकै निर्वाचित भए । महाधिवेशन प्रतिनिधी समेत संस्थापन पक्षको २ जना मात्र चयन भए । बाँकी २२ जना देउवा पक्षकै रहे । महासमितिमा सेमत संस्थापन पक्षको एक जना मात्रै देखिए । जिल्ला अधिवेशन हुन बाँकी छ । जिल्ला सभापतिका लागि ४ जना आकांक्षी देखिएका छन् । गणेश बहादुर विष्ट, पुष्पबहादुर शाह, ध्वज बहादुर कुँवर र भरतकुमार स्वाँर छन् । जसमा कुँवर मात्रै संस्थापन पक्षका हुन् । विजयी हुने सम्भावना स्वाँर र विष्टको देखिन्छ । 
 
बाजुरा : २५ वर्षपछी नयाँ पुस्ताको पालो 
 
एक मात्र निर्वाचन क्षेत्र रहेको दुर्गम जिल्ला बाजुरामा कुनै पक्ष विपक्ष खुलेको छैन । उम्मेद्वारीका आधारमा क्षेत्र र जिल्ला अधिवेशन भएको छ । सहमतिको प्रयास गर्दा नभएपछि निर्वाचन नै भयो । तर, बाजुरामा पुरानो पुस्ताले नयाँ पुस्तालाई नेतृत्व हस्तान्त्रण गरेको छ । २५ वर्ष पछि नयाँ पुस्तालाई नेतृत्व दिएपछी मनबहादुर रावल निकै उत्साही भएका छन् । उनले अब बुढाको कुरा सुनेर युवाले जाग्ने बेला हो–भने । यद्यपि, सर्वसम्मति भने गर्न सकेनन् । निवर्तमान सभापति राम सिंह रावल पराजित भए । कविराज पण्डीत जिल्ला सभापति बने । रोचक त के भने, महिला र अपाङ्गमा समेत निर्वाचन भयो । दलित र आदीवासी मात्रै निर्विरोध रहयो । महाधिवेशन प्रतिनिधि समेत को कसका भनेर खुलेनन् । 
 
बझाङ : जिल्ला सभापतिका सबै उम्मेद्वार देउवाका, जिताउनु पर्ने संस्थापनले
 
२ निर्वाचन क्षेत्र रहेको बझाङ जिल्लामा दुवै क्षेत्रमा देउवाकै वर्चश्व रहयो । क्षेत्रीय सभापति देउवाकै भए । महाधिवेशन प्रतिनिधी संस्थापनको भागमा २ जना मात्रै छन् ।  जिल्ला अधिवेशन बाँकी छ । जिल्ला सभापतिको लागि चार जना उम्मेद्वार छन् । चारै देउवा पक्षका हुन् । हर्कजङ्ग बहादुर सिंह, खडक बोहरा, रमेश भण्डारी, र देवराज शर्मा मैदान उत्रदै छन् । सिंह वर्तमान उपसभापति, बोहरा निवर्तमान क्षेत्रीय सभापति, भण्डारी जिल्ला सचिव (टुरिष्ट नेता) हुन् । सम्भावना रहेका सिंहलाई संस्थापनले सहयोग गरे मात्रै विजयी हुने देखिएको छ । जितका लागि कुनै पनि उम्मेद्वारलाई संस्थापनको आवश्यकता पर्नेछ । 
 
बैतडी : जिल्ला सभापति देउवाको, कार्यसमिति मिश्रित
 
२ निर्वाचन क्षेत्र रहेको बैतडीमा क्षेत्रीय सभापति देउवाकै विजयी भए । १ मा गौरी रावल र २ मा तेजबहादुर चन्द । महाधिवेशन प्रतिनिधी देउवा पक्षका बढी छन् । ७ जना संस्थापन, १५ देउवा तथा २ जना खुलेका छैनन् । जिल्ला सभापतिमा नरेन्द्र थापा विजयी भए । 
 
दार्चुला : देउवाको दाहीने हात नै माओवादीमा गएपछि शून्य
 
१ मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा क्षेत्रीय अधिवेशन हुन बाँकी नै छ । महाधिवेशन प्रतिनिधीका लागि मात्रै ४३ जनाको उम्मेद्वारी परेको छ । जहाँ १२ जना मात्रै महाधिवेशन प्रतिनिधी चयन हुने छन् । १० गते पछि मात्रै क्षेत्रीय अधिवेशन हुने बताइएको छ । देउवा पक्षीयहरु भित्र भित्रै लुकेर गतिविधि गरिरहेका छन् । खुल्न चाहँदैनन् । जिल्ला सभापतिका लागि ९ जना आकांक्षी देखिएका छन् । संस्थापन पक्षको एक छत्र राज छ । स्रोतका अनुसार देउवाका दायाँहात मानिने जगदिश बहादुर पाल एकिकृत माओवादीमा गएपछि खुलेर आउने कुनै कार्यकर्ता छैनन् । 
 
डोटी : देउवा पक्षबीचमै निर्वाचन
 
२ निर्वाचन क्षेत्र रहेको डोटी जिल्लामा देउवा पक्ष नै बलियो रहयो । स्थानीय क्षेत्र देखि जिल्ला सम्म देउवा पक्षकै बर्चश्व रहयो । यद्यपि, जिल्लामा देउवा पक्षबीच नै चुनावी लडाई भयो । निर्वाचनमा देउवा पक्षकै रामप्रसाद उपाध्यायलाई हराउँदै प्रदिप देउवा सभापति भए । देउवा विजयी भएसंगै डोटी कांग्रेसको नेतृत्व दोस्रो तथा नयाँ पुस्तामा हस्तान्तरण भएको छ । निवर्तमान कार्यवहाक सभापति रामप्रसाद उपाध्यायलाई पराजित गर्दै देउवा विजयी भएका हुन् । सचिवमा नारायणप्रसाद जोशी बिजयी भए । सचिवका लागि पाँच जनाको उम्मेद्वारी परेको थियो । कोषाध्यक्षमा भरतबहादुर कठायत विजयी भए । महाधिवेशन प्रतिनिधी २४ जनामा एक जना मात्रै संस्थापन पक्षका रहे ।
 
डडेल्लधुरा : गृह जिल्लामा देउवाकै दुई ग्रुप थियो 
 
१ निर्वाचन क्षेत्र मात्र रहेको डडेल्धुरा बरिष्ठ नेता शेरवहादुर देउवाको गृह जिल्ला हो । जहाँ देउवाको एकलौटी रहयो । तर, देउवाभित्रै पनि दुई समूह देखिए । जिल्ला सभापति दोहोरिए । कर्ण मल्ल नै फेरि सभापति निर्वाचित भए । रघुवर भट्ट पराजित भए । उनी पनि देउवाकै मानिन्छन् । पहिले उनले देउवाको विरोध गर्थे । महाधिवेश प्रतिनिधिमा देउवाका दुई बुढा बुढी छुटेनन् । जनजाती महिलाबाट ३ जना र ७ जना खुला प्रतिनिधी रहे । खुला प्रतिनीधिहरु खुलेका छैनन् । 
 
कैलाली : देउवा पक्षभित्र पनि स्वतन्त्र उम्मेद्वार  
 
६ वटा निर्वाचन क्षेत्र रहेको तराईको जिल्ला कैलालीमा ३ क्षेत्रमा देउवाको पकड छ । क्षेत्र नम्बर ६ उनकै निर्वाचन क्षेत्र हो । ५ र १ मा पनि देउवाकै बर्चश्व छ । बाँकी २, ३ र ४ नम्बर क्षेत्रमा मिश्रित परिणाम छ । जिल्ला अधिवेशन देउवा पक्षकै आन्तरिक विवादका कारण हुन सकेको छैन । जिल्ला सभापतिको लागि तीन जनाको उम्मेद्वारी परेकामा दुई देउवा पक्षका हुन् ।  देउवा पक्षकै मानिने भीम बडुवाल स्वतन्त्र भन्दै खडा भए । वर्तमान सभापति नरनारायण शाह फेरि पनि उम्मेद्वारी दिन तयार भए । उनी पनि देउवा पक्षकै हुन् । संस्थापन पक्षका गणेश देउवाले पनि उम्मेद्वारी दर्ता गरेका थिए । अधिवेशनको मिति तय भएको छैन ।
 
कञ्चनपुर : चार जना चुनाव लड्ने, सहमति भए पाँचौलाई सभापति
 
४ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर समेत देउवाको बलियो क्षेत्र मानिन्छ । यद्यपि, पार्टी प्रवक्ता दिलेन्द्र बडुको समेत केही प्रभाव छ । क्षेत्र नम्मबर १ मा संस्थापन पक्षबाट गोपीनाथ उपाध्याय क्षेत्रीय सभापति चयन भए । २ मा चिन्तामणी भट्ट, ३ मा दलबहादुर बोहरा र ४ मा गोपाल प्रसाद भट्ट सभापति चुनिए । महाधिवेशन प्रतिनिधी ४८ जनामा १३ जना मात्र संस्थापन पक्षका रहे । जिल्ला अधिवेशन हुन बाँकी छ । उम्मेद्वारी चार जनाको परेको छ भने, आकांक्षी पाँच जना छन् । भोजराज बोहरा र गोपाल गुरुङ संस्थापनबाट र हरि बोहरा र पदम बोगटी देउवा पक्षबाट उठ्दै छन् । यद्यपि, सहमति भए पाँचौ आकांक्षी बलदेव बोहरालाई सभापति बनाउने देउवा पक्षको तयारी छ । –जिल्ला सहकर्मीहरुको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ