नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा टस जितेर ब्याटिङ गर्दै नेपाल
प्रकाशित २०७५ साउन १८ शुक्रबार
249
Shares
काठमाडौं । नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो एकदिवसीय खेल सुरु भएको छ । आफ्नो पहिलो एकदिवसीय श्रृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गरिरहेको हो ।
पहिलो खेलमा हारको सामना गरेसँगै यो श्रृङ्खला नहार्नका लागि नेपालले आजको खेलमा जितको नतिजा हासिल गर्नुपर्ने दबाबमा नेपाल रहेको छ । पहिलो खेलमा सम्हालिएर ब्याटिङ गर्न नसक्नु हारको प्रमुख कारण रहेको बताउँदै कप्तान पारस खड्काले शुक्रबारको खेलमा राम्रो प्रदर्शन गर्ने बताएका छन् ।
शुक्रबारको खेलमा टोलीमा तीन परिवर्तन गरिएको छ । शक्ति गौचन, शरद भेषावकर र करण केसीको स्थानमा सुवास खकुरेल , रोहित पौडेल र ललितसिंह भण्डारी परेका छन् ।