arrow

माओवादीको उद्गम थलोमा नै 'जनयुद्ध ' दिवसका दिन सुनसान

एमाओवादीले 'जनयुद्ध 'को बाटो विर्सेको आरोप

logo
लोकेन्द्र खनाल।
प्रकाशित २०७२ फागुन १ शनिबार
maoist.jpg.jpeg
रुकुम। सर्वहारा श्रमजिवीहरुको अधिकार सुनिश्तित गर्न भन्दै २०५२ साल फागुन १ गते तत्कालीन माओवादीले रुकुमको राडी, रोल्पाको होलेरी, लगायतका प्रहरी चौकी आक्रमण गरेर जनयुद्धको घोषणा गर्दै शसस्त्र युद्धको थालनी गरेको थियो। माओवादीले सुरु गरेको आन्दोलनले हजारौं नेपालीको ज्यान गयो, भने त्यतिकै मात्रामा घाइते तथा अपाङ्ग हुन पुगे। युद्ध सुरु भएको शनिवार २१ वर्ष पुरा भएको छ। तर अहिलेसम्म माओवादीले लिएको लक्ष्य अझै पुरा नभएको माओवादी कार्यकर्ताहरु नै भन्ने गरेका छन्। लक्ष्य पुरा हुनुको साटो उल्टै माओवादीहरु फुटेर टुक्रा टुक्रा भएकोप्रति कार्यकर्ताहरुको आक्रोस छ। 
 
पहिलो पटक समानान्तर सरकार संचालन गरेको रुकुममा केहि वर्ष पहिलेसम्म जनयुद्ध दिवसको अवसरमा यहाँका विभिन्न ठाउँमा साँस्कृतिक तथा औपचारीक कार्यक्रम सञ्चालन गरेर दिवस भव्यताका साथ मनाउने गर्थे। यस वर्ष भने रुकुमा माओवादीहरुको न त्यस्तो कुनै कार्यक्रम भयो। उनीहरुका गतिनिधी नहुँदा सदरमुकाम पनि निकै सुनसान देखियो। शान्ति बहालीपछि माओबादी बिभाजन भएर धेरै टुक्रा भएपछि त्यतिबेला युद्ध लडेका तथा युद्धमा घाइते अपांग भएकाहरु पनि बिभाजन भए। त्यसैको परिणाम अहिले रुकुम जस्तो माओबादीको उद्गम थलो मानिएको ठाउँमा निकै सुनसान देखिएको कार्यकर्ताहरु बताउँछन। 
 
जनयुद्ध दिवसको अवसरमा यहाँ माओवादी घटकहरुले केही ठाँउमा तुल ब्यानर र पोष्टर टाँस्नु बाहेक बिगतका बर्ष जस्तै भब्य कार्यक्रमहरु गर्न सकेनन्। माओबादी कार्यकर्ताहरु पार्टी बिभाजन भएर निकै क्षति भएको बताउँदै आएका छन्। अहिलेको यो अवस्थाले गर्दा माओबादीहरु मिल्नुको बिकल्प नभएको उनीहरुको भनाई छ। 
 
यहाँका केहि माओवादी घटक नेताहरुले बन्द कोठामा भएको कार्यक्रममा पनि माओवादी यति छोटो समयमा नै अहिलेको अवस्थामा आउनुको दोष एक अर्कालाई थोपरे। भर्खरै मात्र एकिकृत नेकपा माओबादी छोडेका नेता हेमन्त प्रकाश ओलीले एमाओबादी छोडेर आफुलाई तनावमुक्त भएको बताउनुभयो। उहाँले हिलोमा फुलेको कमलको फुल मन्दिरमा गएपछि हिलो बिर्सिएको भन्दै एमाओबादीले जनतालाई निकै ठुलो घात गरेको र जनयुद्धको बाटो विर्सेको आरोप लगाए। 
 
माओबादीले युद्ध थालेपछि रुकुमको चुनबाङ्ग, महत, खारा, पिपल लगाएतका केही ठाँउ निकै चर्चित भए। तर शान्ति स्थापना भएपछि माओबादी बिभाजन हुनु र नेताहरु सत्तामुखी भएपछि माओबादी लडाकुहरु दैनिक रुपमा खेलेका ठाँउलाई बिर्सेको कार्यकर्ताको गुनासो छ। 



नयाँ