arrow

कम्युनिटी सिल्ड फुटबलको उपाधि म्यान्चेस्टर सिटीलाई, चेल्सी हार्यो

logo
प्रकाशित २०७५ साउन २१ सोमबार
man-city7.jpg

काठमाडौं। इङ्लिस कम्युनिटी शिल्ड फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। अघिल्लो सिजनको एफए कप विजेता चेल्सीलाई २–० ले हराउँदै प्रिमियर लिग च्याम्पियन सिटीले कम्युनिटि सिल्डको उपाधि जितेको हो। आइतबार राति लण्डनस्थित वेम्बले रंगशालामा भएको खेलमा सिटीलाई विजयी गराउन अर्जेन्टाईनी स्ट्राईकर सर्जियो अगुएरोले दुवै गोल गरे।

खेलको १३ औं मिनेटमा पहिलो गोल गरेका अगुएरोले ५८ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई जिताएका थिए। अगुएरोले म्यान्चेस्टर सिटीका लागि २०१ गोल गरिसकेका छन्। इङ्लिस प्रिमियर लिग सुरु हुनुभन्दा अगाडिको कम्युनिटी सिल्ड फुटबलमा अघिल्लो सिजनको प्रिमियर लिग र एफए कप विजेताबीच प्रतिस्पर्धा हुने गर्दछ। यसपटक पनि म्यान्चेस्टर सिटीले प्रिमियर लिग दावेदारीलाई बलियो बनाएको संकेत दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ