- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सांसद शान्तिमाया तामाङ पाख्रिनले माथिल्लो तामाकोशी आयोजनाको लागत बृद्धि भएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । प्रतिनिधिसभाको सोमबारको शुन्य समयमा बोल्दै सांसद तामाङले लगातार लागत रकम बढेकोबारे छानबिन गर्नुपर्ने धारणा राखिन् ।
२०६६ सालमा ३५ अर्ब २९ करोड अनुमान गरिएको आयोजनाको लागत ५० अर्ब पुग्ने अनुमान गरिएको छ । निरन्तर लागत बढ्दा शेयरधनीको टाउकोमा पर्ने भएकाले छानबिन गर्नुपर्ने उनको भनाइ छ ।
शुन्य समयमा सांसद विमला विश्वकर्माले कानुन निर्माण गर्दा पछाडि पारिएका र अल्पसंख्यको ध्यान दिन आग्रह गरे । सत्य पहाडी, शान्ता चौधरीलगायतले बाढीपीडितको उद्दार र राहतमा क्रियाशील हुन आग्रह गरे।
सांसद सरिताकुमारी गिरीले जन्मसिद्ध बाबुआमाका छोराछोरी नागरिकताबाट बञ्चित भएको भन्दै ध्यानाकर्षण गराइन् । लक्ष्मी परियार, समीना हुसेनलगायतले बलात्कारका घटना वृद्धि भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।