काठमाडौं । प्रिसिजन फुटबल अन्तर्गतको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा इंगलिस क्लव चेल्सीले फ्रेन्च क्लव लियोंलाई पराजित गरेको छ । बुधबार बिहान भएको खेलमा चेल्सीले पेनाल्टी सुट आउटमा ५–४ ले खेल जितेको हो ।
निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि पेनाल्टीमा चेल्सी विजयी भएको हो । वैकल्पिक गोलकिपर रोबर्ट ग्रिनले एउटा पेनाल्टी बचाएपछि चेल्सी विजयी भएको हो ।
निर्णायक गोल भने एडन हेजार्डले गरेका थिए ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको यो खेलसंगै चेल्सीले प्रिसिजनको सुखद अन्त्य गरेको छ । चेल्सीले प्रि–सिजनमा दुई जित मात्र निकाल्न सक्यो ।
यसअघि पर्थ ग्लोरीमाथि चेल्सीले १–० को जित निकालेको थियो । इन्टर मिलान र आर्सनलसँग पेनाल्टी सुटआउटमा तथा कम्युनिटी शिल्ड कपमा म्यानचेस्टर सिटीसँग चेल्सी पराजित भएको थियो ।