arrow

केपा बने विश्वकै महंगा गोलकिपर, चेल्सीले भित्र्यायो

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
kepa-arrizabalaga.jpg

काठमाडौं । स्पेनिस फुटबल गोलकिपर केपा अरिजाबालागा विश्वकै महंगा गोलकिपर बन्न सफल भएका छन् । उनलाई इंगलिस क्लव चेल्सीले क्लवलाई भित्र्याएको छ ।

अहिलेसम्मकै सर्वाधिक रकम ७२ मिलियन पाउन्डमा केपालाई स्पेनिस फुटबल क्लब एथ्लेटिक बिल्बाओबाट चेल्सीमा भित्र्याइएको हो । 

केपालाई चेल्सीले आगामी ७ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । केपा हाल डेभिड डे गियापछि स्पेनिस राष्ट्रिय फुटबल टोलीमा दोस्रो रोजाईका गोलकिपर रहँदै आएका छन् । 

यसअघि गत जुलाइमा लिभरपुलले ब्राजिलियन गोलरक्षक एलिसन बेकरलाई कीर्तिमानी ६७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । 

केपाको अनुबन्धसंगै ट्रान्सफर जोन पनि सकिएको छ । 

The Spanish goalkeeper poses for photos at Chelsea's Cobham base on Wednesday night

Chelsea fans will be hoping his performances in goal can help them get over Thibaut Courtois

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ