काठमाडौं। नेपाली कांग्रेसको १३ औं महाधिवेशनको रौनक मुलुकभर नै छाएको छ। अहिलेसम्म झण्डै ३०भन्दा वढी जिल्लाको अधिवेशन सम्पन्न भैसकेको छ भने कतिपय जिल्लामा अधिवेशन हुँदै छ। प्रदेश नं. ३ मा ५ वटा जिल्लाको अधिवेशन सम्पन्न भएको छ भने बाँकी ८ वटा जिल्लाको अधिवेशन हुने क्रममा छ। अहिलेसम्मको अवस्था हेर्दा प्रदेश नं ३ मा संस्थापन बलियो देखिए पनि देउवा पक्ष पनि त्यति धेरै कमजोर देखिएको छैन। जिल्लास्तरमा कार्यकर्ताहरुको लाईन एउटा भएपनि केन्द्रीय नेताहरुसँगको लाइन अलग पाइएको छ। केनद्रीय महाधिवेशनमा महत्वपूर्ण मानिएको प्रदेश नम्वर ३मा कुन पक्षको कस्तो अवस्था छ ?
जिल्लाः रसुवा
क्षेत्रः १
मतदान सम्पन्न तर मतगणना बाँकी
जम्मा मत संख्या १८४
गणना भएको मत ९०
जिल्ला सभापतिका उमेदवारः
पेम्बा छिरिङ तामाङ (संस्थापन पक्ष): ५९ मत
राजु चितुङ्ग (लाइन नखुलेको): ३४ मत
महाधिवेशन प्रतिनिधिः संस्थापन पक्ष ५५ प्रतिशत
देउवा पक्ष ४५ प्रतिशत
रसुवा एक निर्वाचन क्षेत्र भएको जिल्ला हो । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा रसुवामा भएको जिल्ला अधिवेशनमा १८४ सदस्यहरु सहभागि रहेका छन्। सो जिल्लामा संस्थापन पक्षका पेम्वा छिरिङ तामाङ्ग सभापतिको बलिया उमेदबारका रुपमा देखिएका छन् भने अर्का राजु चितुङ्ग केही कमजोर देखिएका छन्। हालसम्म ९० मत गणना भैसक्दा तामाङको पक्षमा ५९ मत रहेको छ भने चितुङको पक्षमा ३४ मत मात्र रहेको छ। यो क्षेत्रबाट आएका महाधिवेशन प्रतिनिधिहरुको स्पष्ट लाइन नखुले पनि औसतमा ५५ प्रतिशत संस्थापन र ४५ प्रतिशत देउवा पक्ष रहेका छन्। मतगणना जारी रहँदै गर्दा पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि मतगणना रोकिएको थियो।
जिल्लाः नुवाकोट
क्षेत्रः ३
जिल्ला अधिवेशन सम्पन्न
सभापतिः जगदिश्वरनरसिंह केसी (केसी पक्ष)
महाधिवेशन प्रतिनिधिः ३६
महत पक्षः ३०
केसी पक्षः ६
नुवाकोट ३ वटा क्षेत्र भएको जिल्ला हो। यो जिल्लामा पनि नेपाली कांग्रेसको १३ औं महाधिवेशनको रौनक छाएको छ। यस जिल्लामा अन्य जिल्लाहरु भन्दा फरक संस्थापन पक्ष र देउवा पक्ष भनेर छुट्टिएको छैन। यस जिल्लामा केन्द्रीय नेताहरु डा. रामशरण महत र अर्जुननरसिंह केसीको दुइ पक्ष बनेको छ। यस जिल्लामा देउवा पक्षका बहादुरसिंह लामाले भने महत पक्षलाई समर्थन थियो। जिल्लाका अर्का प्रभावशालि नेता धु्र्व अधिकारी केसीको पक्षमा उभिए। महत र केसी पक्षमा रहेका मध्ये ९ जना देउवा पक्ष र २७ जना संस्थापन पक्षमा रहेका छन्।
जिल्लाः दोलखा
क्षेत्रः २
अधिवेशनको मिति अन्योल
सभापतिका उमेदवारः
ईश्वरनारायण मानन्धर (संस्थापन–पौडेल/प्रकाशमान/बालकृष्ण खाँण पक्ष)
वर्मा लामा (खुमबहादुर/सुजाता कोइराला)
कुन्दनराज काफ्ले (संस्थापन–कृष्ण सिटौला)
रुद्रबहादुर खड्का (देउवा पक्ष–अर्जुननरसिंह)
महाधिवेशन प्रतिनिधि– २४
संस्थापन–१५
देउवा–९
२ वटा निर्वाचन क्षेत्र रहेको दोलखामा जिल्ला अधिवेशन गर्ने विषयमा अन्योलता छाएको छ। यस क्षेत्रमा संस्थापन पक्षका उमेदवारहरुको संख्या बढी रहेको छ भने देउवा पक्षको उमेदवार १ जना मात्र रहेका छन्। यद्धपि महाधिवेशन प्रतिनिधिमा भने देउवा पक्ष कमजोर देखिएको छ । संस्थापन पक्षमा १५ जना प्रतिनिधि रहेका छन् भने देउवा पक्षमा ९ जना प्रतिनिधि छानिएका छन्। यहाँ संस्थापन पक्षमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, सुजाता कोइराला पक्षधरहरु सभापतिको उमेदवारका रुपमा अगाडि देखिएका छन्।
जिल्लाः रामेछाप
क्षेत्रः २
जिल्ला अधिवेशन हुँन बाँकी
सभापतिका उमेदवारः
लवश्री न्यौपाने (संस्थापन पक्ष/ लक्ष्मण घिमिरे)
अर्जुन केसी (संस्थापन पक्ष)
महाधिवेशन प्रतिनिधिः २४ जना
संस्थापन पक्षः १५ जना
देउवा पक्षः ९ जना
कांग्रेसको १३ औं महाधिवेशनको रौनक रामेछापमा पनि देखिएको छ। यहाँ अधिवेशन हुँन बाँकी रहेको छ। यहाँ सभापतिका उमेदवारहरु दुवै जना कोइराला पक्षका रहेका छन्। यस क्षेत्रमा संस्थापन पक्ष नै हावी देखिएको छ। महाधिवेशन प्रतिनिधिमा १५ जना संस्थापन पक्षका रहेका छन् भने देउवा पक्षमा ९ जना रहेका छन्। तर देउवा पक्षमा जान तयार झै देखिएका लक्ष्मण घिमिरेका कारण देउवा पक्षमा माहौल बन्न सक्छ। जिल्ला सभापतिको चुनावपछि घििरेले लाईन तय गरि देउवा पक्षबाट कोषाध्यक्षको टिकट लिने तयारी गरेको बुझिएको छ।
जिल्लाः सिन्धुली
क्षेत्रः ३
अधिवेशन सम्पन्न
सभापतिः उज्ज्वल बराल (संस्थापन–निर्वाचित)
महाधिवेशन प्रतिनिधिः ३६ जना
संस्थापनः २१ जना
देउवा पक्षः १२ जना
लाइन नखुलेकोः ३ जना
सिन्धुलीमा जिल्ला अधिवेशन सम्पन्न भएको छ। यस जिल्लामा संस्थापन पक्षको बाहुल्यता देखिएको छ। यस जिल्लामा संस्थापन भित्र पनि कोइराला पक्ष अझ बलियो देखिएको छ। यहाँ देउवा पक्ष कमजोर देखिएको छ। देउवा पक्षमा १२ जना मात्र महाधिवेशन प्रतिनिधि छानिएका छन् भने संस्थापन पक्षमा २१ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। ३ जनाको लाइन स्पष्ट छैन।
जिल्लाः काभ्रेपलाञ्चोक
क्षेत्रः ४
जिल्ला अधिवेशन सम्पन्न
सभापतिः मधु आचार्य (संस्थापन–रामचन्द्र, निर्वाचित)
महाधिवेशन प्रतिनिधिः ४८ जना
संस्थापन पक्षः ३८ जना
देउवा पक्षः १० जना
काभ्रे जिल्लाको अधिवेशन सम्पन्न भएको छ। यस जिल्लामा संस्थापन पक्षका मधु आचार्य सभापतिमा विजयी भएका छन्। उनी रामचन्द्र पौडेल निकट मानिन्छन्। यहाँ संस्थापन पक्षबाट ३८ जना र देउवा पक्षबाट १० जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
जिल्लाः भक्तपुर
क्षेत्रः २
जिल्ला अधिवेशन हुँन बाँकी
सभापतिका उमेदवारः
दुर्लभ थापाः (देउवा पक्ष)
अष्ट कवेः (प्रकाशमान सिंह पक्ष)
गणेश चक्रधरः (देउवा पक्ष)
महाधिवेशन प्रतिनिधिः २४ जना
देउवा पक्षः १८ जना
संस्थापन पक्षः ६ जना
भक्तपुरमा जिल्ला अधिवेशन हुँन बाँकी रहेको छ। यस जिल्लामा २ वटा क्षेत्र रहेको छ। उपत्यका भित्रको यो जिल्लामा देउवा पक्षको बाहुल्यता रहेकोछ। २४ जना महाधिवेशन प्रतिनिधि रहेको यस जिल्लामा १८ जना देउवा पक्ष र ६ जना संस्थापन पक्ष रहेका छन्। यस क्षेत्रमा सभापतिमा समेत देउवा पक्ष बलियो बन्न सक्ने देखिएकोछ। देउवा पक्षका दुई मध्ये गणेश चक्रधरले फिर्ता लिएर दुर्लभलाई समर्थन गर्ने देखिएको छ।
जिल्लाः धादिङ
क्षेत्रः ३
जिल्ला अधिवेशन सम्पन्न
सभापतिः रमेश धमला(संस्थापन–कोइराला, निर्वाचित)
महाधिवेशन प्रतिनिधिः ३६ जना
संस्थापन पक्षः २६ जना
देउवा पक्षः १० जना
धादिङ जिल्लामा नेपाली कांग्रेसका अधिवेशन सम्पन्न भएको छ। यस जिल्लामा सभापतिमा संस्थापन कोइराला पक्षका रमेश धमला विजयी भएका छन्। यस क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षकै बाहुल्यता देखिएको छ। ३६ जनामा २६ संस्थापन पक्षका रहेका छन् भने १० जना देउवा पक्षका रहेका छन्।
जिल्लाः चितवन
क्षेत्रः ५
अधिवेशन फागुन ३ गते हुने(दोस्रो चरण)
सभापतिका उमेदवारः
दिनेश कोइराला (संस्थापन पक्ष–सिटौला)
जितनारायण श्रेष्ठ (संस्थापन पक्ष–प्रकाशमान)
पहिलो चरणमा बाहिरिएकाः विजय भुषाल र देवेन्द्र गुरुङ (संस्थापन), प्रकाश अधिकारी(देउवा पक्ष)
महाधिवेशन प्रतिनिधिः ६० जना
संस्थापन पक्षः ४५ जना
देउवा पक्षः १५ जना
चितवन जिल्लामा पहिलो चरणको मतदान सम्पन्न भएको छ । यस चरणमा संस्थापन पक्षका विजय भुषाल र देवेन्द्र गुरुङ आउट भएका छन् भने देउवा पक्षका प्रकाश अधिकारी पनि आउट भए। दोस्रो चरणमा हुन लागेको सभापतिका उमेदवार संस्थापन पक्षका दिनेश कोइराला जो कृष्ण सिटौला पक्षधर मानिन्छन् भने अर्को उमेदवार जितनारायण श्रेष्ठ जो प्रकाशमान सिंहका पक्षधर मानिन्छन्। महाधिवेशन प्रतिनिधिमा ४५ जना संस्थापन पक्ष निकट रहेका छन् भने १५ जना देउवा निकट रहेका छन् ।
जिल्लाः मकवानपुर
क्षेत्रः ४
जिल्ला अधिवेशन सम्पन्न
सभापतिः इन्द्रबहादुर बाँनिया (देउवा पक्ष, निर्वाचित)
महाधिवेशन प्रतिनिधिः ४८
देउवा पक्षको बाहुल्यता ५५%
संस्थापन पक्षको ४५%
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको रौनकले मकवानपुरलाई छोइसकेको छ। यहाँको जिल्ला अधिवेशन सम्पन्न भएको छ। यहाँ देउवा पक्षको बाहुल्यता देखिएको छ। निर्वाचित सभापति इन्द्रबहादुर बाँनिया देउवा पक्षका भएपनि संस्थापनको एक पक्षले उनलाई समर्थन जनाएको थियो। महाधिवेशन प्रतिनिधिहरुमा देउवा पक्षको ५५ प्रतिशत बाहुल्यता रहेको छ। संस्थापन पक्षमा भने ४५ प्रतिशत रहेको छ।
जिल्लाः सिन्धुपाल्चोक
क्षेत्रः ३
जिल्ला अधिवेशन हुन बाँकी
सभापतिका उमेदवारः
भूपेन्द्र थापा (संस्थापन–कोइराला)
विकास लामा (संस्थापन–कोइराला)
हरिशरण श्रेष्ठ (मोहन बस्नेत निकट)
कृष्णप्रसाद न्यौपाने (रामचन्द्र–मोहन बस्नेत)
विष्णु खत्री (सिटौला–मोहन बस्नेत)
प्रेमध्वज लामा (खुम बहादुर–मोहन बस्नेत)
महाधिवेशन प्रतिनिधिः ३६ जना
संस्थापनः ३० जना
देउवा पक्षः ६ जना
सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन हुँन बाँकी रहेको छ। यस जिल्लामा ६ जना सभापतिका उमेदवार देखिएका छन्। ती मध्ये अधिकांश संस्थापन पक्षका रहेका छन्। यद्धपि मोहन बस्नेत (जो देउवा निकट हुन्) निकट भनेर हरिशरण श्रेष्ठ, कृष्णप्रसाद न्यौपान, विष्णु खत्री प्रेमध्वज लामा चिनिन्छन्, तर पनि उनीहरुको केन्द्रीय नेताको लाइन भने फरक–फरक रहेको छ। ति मध्ये अधिकांश संस्थापनकै नेताहरु निकट रहेका छन्।
जिल्लाः काठमाडौं
क्षेत्रः १०
जिल्ला अधिवेशन फागुन ५ गते
सभापतिका उमेदवारः
भिमसेनदास प्रधान (संस्थापन–कोइराला/नरहरी/गगन)
सवुज बाँनियाँ (संस्थापन–प्रकाशमान)
नरोक्तम बैद्य (देउवा पक्ष)
महाधिवेशन प्रतिनिधिः १२० जना
संस्थापनः ५२ प्रतिशत
देउवा पक्षः ४८ प्रतिशत
काठमाडौं नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विशेष महत्व राख्ने जिल्ला हो। यस जिल्लामा संस्थापन पक्ष नै बलियो देखिएको छ। तर पनि संस्थापनभित्र समेत दुई धार देखिएको छ। यहाँ प्रकाशमान सिंहको एक धार र नरहरी आचार्य र गगन थापाको एक धार देखिएको छ। सभापतिमा भिमसेनदास प्रधानलाई नरहरी आचार्य र गगन थापाको समर्थन रहेको छ भने सवुज बाँनियालाई प्रकाशमानको समर्थन देखिन्छ। संस्थापन पक्ष बाँडिएकाले महाधिवेशन प्रतिनिधिमा देउवा पक्ष पनि उत्तिकै बलियो देखिन्छ।
जिल्लाः ललितपुर
क्षेत्रः ३
दोस्रो चरणको अधिवेशन हुने
सभापति उमेदवारः
मदन अमात्य (देउवा पक्ष)
जितेन्द्रकुमार श्रेष्ठ(संस्थापन)
महाधिवेशन प्रतिनिधिः ३६ जना
संस्थापन पक्षः ३० जना
देउवा पक्षः ६ जना
उपत्यका भित्रको अर्को महत्वपूर्ण जिल्ला ललितपुर हो। यस जिल्लामा ३ वटा क्षेत्र रहेका छन्। यहाँ प्रतिनिधिका हिसावले संस्थापन पक्षकै हाबी देखिन्छ। सभापतिमा पहिलो चरणको निर्वाचन सम्पन्न भैसकेको छ। जसमा कसैको पनि बहुमत आएन। पहिलो चरणमा देउवा पक्षका मदन अमात्यले ३०५ मत पाएका थिए भने संस्थापन–खुमबहादुर खड्का पक्षधर मिनकृष्ण महर्जनले १८४ मत पाएका थिए। यस्तै संस्थापन पक्षकै जितेन्द्र कुमार श्रेष्ठले २०३ मत पाएका थिए। दोस्रो चरणको निर्वाचनमा देउवा पक्षका अमात्य र संस्थापन पक्षका श्रेष्ठबीच प्रतिष्पर्धा हुँदै छ । संस्थापन पक्षको सबै मत आए श्रेष्ठपनि बलियो उमेदबार बन्ने देखिन्छ भने अमात्य अहिलेसम्म बलियो नै छन्।
प्रदेश नम्बर ३मा संस्थापन पक्षको बलियो देखिएको छ। तर एकल उमेद्वार हुँदा मात्र यो कायम रहन सक्छ। दुई वा ३ उमेद्वार भएको अवस्थामा यो फेरिन सक्छ। कुल ५४० मतमा धेरैजसो खुलेकै मत छन। करिव १ प्रतिशत मत खुलेको छैन भने बाँकीमा ६४ प्रतिशत मत संस्थापन पक्षमा रहेको देखिएको छ भने देउवा पक्षमा ३५ प्रतिशत मत रहेको देखिएको छ। संस्थापन पक्षको एक भन्दा बढी उमेद्वार भएको अवस्थामा यो तथ्य परिवर्तन भइ देउवा पक्षलाई फाइदा हुन सक्ने देखिएको छ।
स्थानिय सहकर्मीहरुसँगको सहयोगमा