काठमाडौं । ब्राजिलियन स्टार नेयमारले फ्रेन्च लिग वानको नयाँ सिजनमा गोलको खाता खोलेका छन् । पेरिस सेन्ट जर्मेन पिएसजीका मुख्य खेलाडी नेयमारको गोलको मद्धतले नै पिएसजीले लिगमा विजयी सुरुवात गरेको हो ।
पिएसजीले काइनमाथि ३–० को जित हात पार्यो । नेयमारसंगै एड्रियन राबिओट र टिमोथी वेहले १–१ गोल गरे ।
घरेलु मैदान पार्क डि प्रिन्सेसम पिएसजीले नेयमारको गोलबाट खेलमा अग्रता बनाएको थियो ।
नेयमारको खेलसंगै हलुका महसुस गरेका पिएसजीका प्रशिक्षक थोमस टुचेलले आफ्नो टोलीमा नेयमार मुख्य खेलाडी रहेको बताएका छन् ।
विश्वकै महंगा खेलाडी बनेका नेयमारले पछिल्लो सिजनको अन्तिम ३ महिना चोटका कारण खेल गुमाएका थिए ।