एसियाडको पहिलो फुटबल खेलमा नेपाल र जापान आमने सामने
कमभन्दा कम गोल खाने रणनीति
प्रकाशित २०७५ साउन २९ मंगलबार
469
Shares
काठमाडौं । इन्डोनेसियामा सुरु भएको एसियाली खेलकुद एसियाडको १८ औं संस्करणको फुटबलतर्फका खेलहरु मंगलबारदेखि सुरु हुँदैछन् । शनिबार भव्य उद्घाटन हुने भए पनि मंगलबार नै फुटबलका खेलहरु सुरु हुन थालेका हुन् ।
नेपालले मंगलबार जापानसँग खेल्दैछ । जापान एसियाली फुटबलको पावर हाउस मानिन्छ । कमजोर नेपालका लागि यो खेल फलामका चिउरा चपाउनु सरह हुनेछ ।
तर यो खेल नेपाललाई सिक्नका लागि ठूलो मद्धत हुनेछ । एसियाडमा २३ वर्ष मुनिको राष्ट्रिय टोली सहभागि हुनेछन् ।
नेपालले थाईल्याण्डमा १० दिन विशेष प्रशिक्षण गरेर इन्डोनेसिया पुगे पनि दुवै मैत्रिपूर्ण खेलमा पराजय भोगेको थियो । फितलो अभ्यासबीच नेपाल इन्डोनेसिया पुगेकाले मंगलबारको खेलमा कमभन्दा कम गोल खाएर नेपालले एसियाडको सुरुवात गर्न चाहन्छ ।
नेपालले समूह चरणमा जापानसँगै भियतनाम र पाकिस्तानसँग खेल्नेछ ।