arrow

तुल्सीलाल अमात्य स्मृति टिम क्लब च्याम्पियनसीपको सेमिफाइल समिकरण पुरा, गजुरमुखी शिर्ष स्थानमा

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
chess3.jpg

ललितपुर । ललितपुरमा जारि तुल्सीलाल अमात्य स्मृति चौथौ राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसीपमा सेमिफाइनल समिकरण पुरा भएको छ । गजुरमुखी चेस क्लब इलाम लिग चरणमा १२ अंकका साथ शिर्ष स्थानमा रहदै सेमिफाइनल पुग्न सफल भयो ।  त्यसै गरि गोल्डेन इन्टरनेशनल कलेज समान १२ अंकका साथ सेमिफाइनलमा प्रवेश गरेको छ ।

साथै  १० अंकका साथ थापाथली चेस पार्क र ललितपुर स्पोर्टस् क्लब ९ अंकका साथ सेमिफाइनलको समिकरण पुरा भएको हो ।

नेपाल बुद्धिचाल संघको आयोजनामा तुल्सीलाल अमात्य स्मृति चौथौ राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसीपमा गजुरमुखीले छैटौ चरणसम्म लगातार जित निकाल्दै एक खेल अघि नै आफूलाई सेमिफाइनल पुर्याएको हो । तर लिगको अन्तिम खेलमा भने थापाथलीसँग ३-१ ले  पराजीत हुन पुग्यो ।   

त्यसैगरि लिगको अन्तिम खेलमा गोल्डेनगेटले ललितपुरलाई २.५-१.५ ले हराउदै सेमिफाइनलमा आफ्नो दाबिलाई मजबुद बनायो ।   

बिहिबार हुने सेमिफानलमा थापाथली र गजुरमुखी तथा गोल्डेनगेट र ललितपुर बीच सेमिफाइनल खेलहरु हुनेछन् । सेमिफाइनल र फाइनल भने नकआउट पद्धतिबाट खेलाइनेछ ।   

 अन्तिम खेलमा विश्राम लिएका गजुरमुखीका फिडेमास्टर मनिष हमाल समेत भोलिको खेलमा खेल्ने क्लबले बताएको छ । त्यसैगरि गजुरमुखीबाट कृष्ण थापा, रिजेन्द्र  राजभण्डारी, प्रकाश नेपालले खेल्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ