काठमाडौं । स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टाइन स्टार लियोनल मेस्सीले आफ्नो देशबाट नखेल्ने भएका छन् । विश्वकपमा आफ्नो टिमले भोगेको अप्रत्यासित हारबाट विचलित भएका मेस्सीले कम्तीमा सन् २०१८ भर नखेल्ने समाचार आएको छ ।
विश्वकपको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि मेस्सीले तत्काल सन्यास लिने अनुमान गरिएको थियो । तर लिएनन् । उनले सन् २०१६ मा पनि सन्यास लिएका थिए ।
मेस्सीले अर्जेन्टिनाबाट १२८ खेलबाट ६५ गोल गरिसकेका छन् । ३१ वर्षे मेस्सी पाँच पटकका बालोन डी ओर विजेता हुन् ।
मेस्सीले कम्तीमा सन् २०१८ भर नखेल्ने गरेको निर्णयले अर्कोवर्ष सन्यास लिने अनुमान गर्न थालिएको छ । मेस्सीका समर्थक भने अहिले आएर आश्चर्यमा परेका छन् ।