arrow

रामचन्द्रको प्रभाव क्षेत्र प्रदेश ४ मा संस्थापन पक्ष बलियो

प्रतिनिधि आफ्नो पक्षमा पार्न देउवा पक्ष तल्लिन

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
pradesh-4-congress.jpg.jpeg
काठमाडौं। प्रदेश न ४ मा काँग्रेसको अहिले सम्मको स्थानीयस्तरको अधिवेशनको परिणम हेर्दा संस्थापन पक्ष धेरै बलियो देखिएको छ। सभापतिका उमेद्वार रामचन्द्र पौडेलको प्रभाव क्षेत्र र गृह जिल्ला समेत रहेको प्रदेश ४मा संस्थापनको बलियो देखिन्छ। जिल्ला सभापति तथा जिल्लाका निर्वाचन क्षेत्रबाट महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु संस्थापन पक्ष निकट नै बढी देखिएका हुन्। ११ वटा जिल्ला रहेको प्रदेश ४ मा ८ वटा जिल्लामा संस्थापन पक्ष बलियो देखिएको भने नलवपरासी, स्याङ्जामा संस्थापन र देउवा पक्ष बिच बराबरी जस्तै महाधिवेशन प्रतिनिधिहरु चुनिएका छन्। मनाङमा भने देउवा पक्ष बलियो देखिएको छ। कतिपय जिल्लामा संस्थापन पक्षका प्रतिनिधि बिच नै मनमुटाव हुँदा केही मत घट्ने देखिए पनि समग्रमा हेर्दा प्रदेश न ४ मा बहुमत संख्या संस्थापन पक्षको नै देखिन्छ। 
 
कास्की, गोरखा, तनहुँ,  म्याग्दी, पर्वत, लमजुङ, बाग्लुङ, मुस्ताङमा भने संस्थापनको स्पष्ट बहुमत देखिएको छ। ३६१ जना यस प्रदेशबाट काँग्रेसको महाधिवेशनमा भाग लिनेछन जसमध्ये करिव ५६.५ प्रतिशत संस्थापन पक्षका देखिएका छन् भने ३३.५ देउवा निकटका महाधिवेशन प्रतिनिधिहरु चुनिएका छन्। म्याग्दीमा र कास्की ४ मा भने भने अधिवेशन स्थगित भएको छ। चुनाव नभएको र खुल्न बाँकी समेत गरी करिव १० प्रतिशत प्रतिनिधिहरुले कसलाई मतदान गर्ने हुन टुंगो छैन्। यो सर्वेक्षणको नतिजमा महाधिवेशनसम्म आइपुग्दा तथा यस क्षेत्रबाट केन्द्रमा उठ्ने उम्मेदवारको कारण सामान्य फेरबदल हुन सक्ने अनुमान रहेको छ। 
 
कास्की : चारवटा निर्वाचन क्षेत्र भएको कास्कीको सभापतिमा संस्थापन पक्षका रामचन्द्र पौडेल निकट कृष्ण केसी बिजयी भएका छन्। ४ निर्वाचन क्षेत्र भएको कास्कीमा ४ न क्षेत्रको भने निर्वाचन स्थगित भएको छ। अन्य ३ क्षेत्रबाट क्षेत्रिय सभापति सहित ३६ जनाको टुड्गो लागेको छ। जसमध्ये २६ जना मध्ये २० जना संस्थापन पक्ष र १४ जना देउवा पक्षका देखिएका छन भने २ जना अझै खुल्न सकेका छैनन्। कास्कीमा देउवा निकट देखिएका धेरैजसो महाधिवेशन प्रतिनिधिहरुले रामचन्द्र पौडेल सभापतिको उम्मेदवार बनेको अवस्थामा भने भोट हाल्ने छन्। अन्य पक्षको जस्तो देखिए पनि पौडेलको उम्मेदवारीमा भने अधिकाशंले सहयोग नै गर्ने देखिन्छ। ४ नम्बर क्षेत्रको अधिबेशनबाट समेत संस्थापनका नै बढी प्रतिनिधिहरु आउने अपेक्षा गरिएको छ।   
 
गोरखा : ३ वटा निर्वाचन क्षेत्र भएको गोरखामा संस्थापन पक्षका हरिबहादुर घले जिल्ला सभापतिमा निर्वाचित भएका छन्। तीन वटै निर्वाचन क्षेत्रबाट ३६ जना तथा केन्द्रीय सदस्य कमला पन्त, तथा सुरेन्द्रराज पाण्डे सहित ३८ जनाले मतदान गर्नेछन्। पन्त रामचन्द्र पौडेल निकट हुन भने पाण्डे शेर वहादुर देउवा निकट मानिन्छन्। तीनवटै क्षेत्रबाट महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु हेर्दा अधिकाशं प्रतिनिधिहरु संस्थापन पक्ष निकट देखिन्छन्। क्षेत्र न १ मा ३ जना देउवा निकट छन भने ९ जना संस्थापन पक्षबाट निर्वाचित भएका छन्। त्यसैगरी २ बाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिहरुमा १ जना देउवा निकट र १० जना संस्थापन र १ जना नखुलेका छन् भने क्षेत्र ३ मा १२ जना नै संस्थापन पक्षसँग नजिक रहेका छन्। जिल्ला भरिको हेर्दा जम्मा ३८ भोटमा ५ जना मात्र देउवा निकट छन भने ३२ जना संस्थापन र १ भोट खुल्न बाकी रहेको छ। तर महाधिवेशनको सम्म आइपुग्दा यो समिकरणमा फेरबदल हुन सक्ने देखिन्छ।
 
तनहुँ : तनहुँमा काँग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेल र पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पक्षका महाधिवेशन प्रतिनिधिहरु निर्वाचित भएका छन्। दुबै संस्थापन पक्षका नै भए पनि पौडेल सभापतिमा उठ्दा जोशी समूहले सहयोग गर्ला कि नगर्ला भनेर चिन्तित देखिन्छन्। केन्द्रीय सदस्यहरु गोबिन्द भट्टराई, शंकर भण्डारी, प्रदिप पौडेल तथा कार्यवहाक सभापति पौडेल सहित ४० मत रहेको छ। जसमध्ये ३० मत भन्दा बढी पौडेलसग नजिक रहेको छ भने जोशीको १० मतको हाराहारी देखिन्छ। जोशीले पौडेललाई छोडेर देउवामा गए भने त्यही १० मत जति जान सक्ने अनुमान रहेको छ तर उनको भूमिका के हुने स्पष्ट रहेको छैन्। त्यसैगरी केन्द्रीय सभापतिका उमेदवार रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा पनि उनकै खास मान्छे मानिने वैकुण्ठनाथ न्यौपाने जिल्ला सभापतिमा विजयी भएका छन्। 
 
 
म्याग्दी : एक निर्वाचन क्षेत्र भएको म्यादीमा निर्वाचन हुन सकेको छैन्। यहा संस्थापन पक्ष र देउवा पक्ष बिच कडा प्रतिस्पधा हुने देखिन्छ। संस्थापन पक्षबाट खम्बिर गरबुजा र नेत्र महत देउवा पक्षबाट लड्दैछन्। तर धेरैले खम्बिर गरबुजाले चुनाव जिते भने पनि देउवालाई समर्थन गर्ने सक्ने आंकलन गरिएकोले देउवा पक्षको मत बढ्न सक्ने अनुमान रहेको छ। महाधिवेशन प्रतिनिधिमा धेरै उम्मेदवार देखिएका छन् । चुनाव १० गते हुनेछ।
 
पर्वत : २ वटा निर्वाचन क्षेत्र रहेको पर्वतमा संस्थापन पक्ष बलियो देखिएको छ। क्षेत्र न १ मा १२ जना प्रतिनिधि मध्ये १२ जना नै संस्थापन पक्ष नजिक देखिएका छन् भने क्षेत्र २ मा भने संस्थापन र देउवा पक्षका ६/६ जना प्रतिनिधिहरु देखिएका छन्। केन्द्रीय सदस्य अर्जुन जोशी महामन्त्री कृष्ण सिटौला निकट मानिन्छन्। उनले भने अनुसार नै अधिकांश प्रतिनिधिहरुले केन्द्रमा भोट हाल्ने अनुमान गरिएको छ। 
 
नवलपरासी : ६ वटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा केन्द्रीय सदस्य कृण्ण चन्द्र नेपाली र सशांक कोइराला समेत गरी ७४ मत रहेको छ। जसमध्ये संस्थापन पक्षको ३८ मत तथा देउवा पक्षको ३६ मत देखिएको छ। यो मतमा केन्द्रीय महाधिवेशन सम्ममा सामान्य परिर्वतन हुन सक्ने आंकलन गरिएको छ। सशांक कोइराला महामन्त्रीमा र कृष्ण चन्द्र नेपाली केन्द्रीय सदस्यमा नै उठ्ने चर्चा चलेको छ।
 
लमजुङ : लमजुङमा २ वटै निर्वाचन क्षेत्र र १ केन्द्रीय सदस्य गरी २५ मत रहेकोमा संस्थापन पक्षबाट दिल बहादुर घर्ती सहित १५ जना देखिएका छन भने देउवा पक्षमा जम्मा १० जना महाधिवशेन प्रतिनिधिहरु देखिएका छन्। देउवा पक्षका टकराज गुरुङ र संस्थपनका भेषराज पौडेल बिचमा जिल्ला सभापतिको लागि चुनाव हुने छ। तर कतिपय महाधिवेशन प्रतिनिधिहरु केन्द्रीय अधिवेशनसम्ममा देउवा तिर ढल्किने संभावना देखिएको एक नेताले बताए। 
 
बाग्लुङ : तीन वटा निर्वाचन क्षेत्र भएको बाग्लुङमा संस्थापनबाट बर्तमान कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्याय उठ्ने निश्चित छ भने पूर्व सभापति मणिभद्र शर्मा र दिपेन्द्र थापा चुनावी मैदानमा जाने तयारीमा छन्। उपाध्याय संस्थापन पक्षका हुन् भने शर्मा र थापा देउवा पक्षका हुन्। निर्वाचन बुधबार हुँदैछ। संस्थापनका उपाध्याय अन्य भन्दा बलियो देखिएका छन्। उपाध्यायलाइ केन्द्रीय सदस्य रत्ना शेरचनको समेत समर्थन रहेको छ। त्यसैगरी बर्तमान पार्टी सभापति एवं सांसद प्रकाश शर्मा पौडेल, पूर्व पार्टी सभापति हरिबहादुर श्रेष्ठको समेत समर्थन रहेको छ। कुल ३७ जनाले केन्द्रमा मदतान गर्न पाउनेछन् जसमध्ये केन्द्रीय सदस्य शेरचन सहित २१ जना संस्थापन निकट रहेका छन्। त्यसैगरी १६ जना देउवा निकट देखिएका छन्।
 
स्याङजा : तीन निर्वाचन क्षेत्र रहेको स्याङजामा देउवा निकट कमल पंगेनी जिल्ला सभापतिमा बिजयी भएका छन्। क्षेत्र न १ बाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरुमा ४ जना संस्थापन पक्षका रहेका छन् भने ५ जना खुमबहादुर खड्का निकट रहेका छन्। शेर वहादुर निकट ३ जना देखिएका छन्। खुमबहादुर जहाँ मिल्छन त्यो मत त्यतै जान्छ। क्षेत्र न २ मा भने ७ जना देउवा निकट र ५ जना संस्थापन निकट महाधिवेशन प्रतिनिधि छानिएका छन्। क्षेत्र न ३ भने १० जना संस्थापन र २ जना देउवा निकटका देखिएका छन्। केन्द्रका आंकाक्षी रहेका शंकर पाण्डे भने क्षेत्रबाट नै महाधिवेशन प्रतिनिधिमा हारेका छन्। केन्द्रीय सदस्यहरु धनराज गुरुङ संस्थापन र गोपाल श्रेष्ठ देउवा निकट हुन्। 
 
मनाङ/मुस्ताङ : एक एक निर्वाचन क्षेत्र भएको मनाङमा देउवा निकट टेक बहादुर गुरुङ सभापतिमा निर्वाचित भएका छन्। भने मुस्ताङमा संस्थापन पक्षकी याङ्जि विष्ट जिल्ला सभापतिमा निर्वाचित भएकी छिन्। मनाङमा बहुमत महाधिवेशन प्रतिनिधिहरु देउवा निकटका देखिएका छन्। तर मुस्ताङमा भने अधिकाशं संस्थापन पक्षका नै बढी देखिएका छन्।
 
जिल्ला संम्वाददाता तथा पार्टीका बिभिन्न ब्यक्तिहरुसँग गरिएको कुराकानी तयार पारिएको यो रिपोर्टमा प्रदेश ४ को समग्र अवस्थाको बारेमा केन्द्रमा कस्तो प्रभाव पार्न सक्ला भनेर आँकलन गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ