१८औँ एसियाड : नेपाली फुटबल टोली समूह चरणबाटै बाहिरियो
आत्मघाती गोल उपहार पाए पनि पाकिस्तानसँग हार्यो, ३६ वर्षदेखिको गोल खडेरी भने तोडियो
प्रकाशित २०७५ भदौ ३ आइतबार
282
Shares
काठमाडौं । १८औं एसियाली खेलकुद–एसियाडको पुरुष फुटबल अन्तर्गत नेपाल तीनवटै खेल गुमाउदै समूह चरणबाटै बाहिरिएको छ । समूहको तेस्रो तथा अन्तिम खेलमा नेपाल पाकिस्तानसँग २–१ गोल अन्तरले हार्यो ।
सुरुका दुई खेल हार्दै नेपालले दोस्रो चरण पुग्ने अवसर गुमाईसकेको थियो । प्रतिष्ठाको लागि भएको खेल समेत नेपालले गुमाएको छ । आफै समानको प्रतिस्पर्धी पाकिस्तानलाई हराउँदै एसियाडमा ऐतिहासिक सफलता प्राप्त गर्ने नेपालको सपना हारसँगै तुुहिएको छ । पहिलो हाफमा १–० गोल अन्तरले अघि रहेको नेपाल मध्यान्तरपछि खस्कियो । मध्यान्तरपछि नेपालले एक गोल बढी खायो । पाकिस्तानले ५४ र ७२औं मिनेटमा गोल गरेको हो ।
१२औं मिनेटमा पाकिस्तानका खेलाडीले आत्मघाती गोल उपहार दिए । तर, त्यो अवसरलाई अन्तिमसम्म नेपालले टिकाउन सकेन । नेपालले एसियाड फुटबलमा ३६ वर्षदेखिको गोल खडेरी भने तोडेको छ । तर, त्यो आफै हानेको नभई आत्मघाती उपहारले । यसअघि सन् १९८२ को एसियाडमा नेपालका वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए ।
नेपालले एसियाड फुटबलमा अहिलेसम्म खेलेका सबै १८ खेल हारेको छ । सबै खेलको गोल गणना गर्दा नेपालले ७० गोल खाएको छ, भने दुई गोल मात्रै फर्काएको छ । ईन्डोनेसियामा भईरहेको १८औँ एसियाडमा नेपालले सुरुमा जापानसँग १–० र अर्को खेलमा भियतनामसँग २–० को हार व्यहोर्याे ।