arrow

सुन नपाएको भन्दै सुनचाँदी पसल ३ दिन बन्द 

logo
सीता डोटेल
प्रकाशित २०७५ भदौ ७ बिहिबार
sunchadi-pasal.jpg

पाल्पा । नेपाल सुनचाँदी ब्यबसायी रामपुर शाखाले नेपाल राष्ट्र बैंकले उपलब्ध गराउँदै आएको कोटाको सुन अत्यन्तै न्यून भएको र हाल दिँदै आएको कोटासमेत कटौती गरेको भन्दै ३ दिन सुनचाँदी पसलहरु बन्द गर्ने निर्णय गरेको छ । 

सुनचाँदी ब्यबसायी समितिका अध्यक्ष अर्जुन सुनारको अध्यक्षतामा बैठक बसेर सुनको आपुर्ति सहज बनाउन आग्रह गर्दै ब्यबसायीहरुलाई कठिन हुने तर सुन नपाउँदा सिजनको बेलामा ब्यबसायीहरु धरासायी हुने अबस्था आएको भन्दै केन्द्रको बिरोध स्वरुप भदौ ६,७ र ८ गते रामपुरका सुन पसलहरु पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

आफूहरुका माग सम्बन्धित निकायले पूरा नगरे चरणवद्ध रुपमा केन्द्रको आन्दोलनलाई एक्यवद्धता गर्दै बिरोधमा उत्रने जनाएको छ । सुन अहिले निकै अभाव भएकाले ब्यबसाय गर्न कठिन परेको अध्यक्ष सुनारले बताए । 

बैठकले सुनचाँदी ब्यबसायि महासंघले उपलब्ध गराएको सुन न्यून भएको र तिजको समयमा सुनको माग चाप बढेको तर सुन नपाउँदा पसल खोल्नु र नखोल्नु उस्तै रहेको भन्दै ब्यबसायीहरुको पक्षमा काम गर्न महासंघलाई आग्रह गरेको छ । पसल बन्द गर्न आफुहरु बाध्य भएको व्यबसायी बिमल सुनारले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ