arrow

दुष्टकर्मको रक्षासूत्र हो ‘जनै’, कानमा जनै किन ? 

logo
सुदर्शन अर्याल 
प्रकाशित २०७५ भदौ १० आइतबार
Janai.jpg

नयाँदिल्ली । यज्ञोपवित अर्थात् ब्रतवन्ध एक हिन्दू धर्मको सोह्र संस्कार मध्येको एक संस्कार हो । यही संस्कार पछि मात्रै कुनैप नि बालकको वेदादी शास्त्र अध्ययन गर्नको लागि अधिकार रहन्छ । शास्त्रीय मान्यता अनुसार यज्ञोपवित धारण नगरेको बालकलाई वेद पढ्ने अधिकार नरहेको शास्त्रमा भेट्न सकिन्छ । 

धेरैले जनैलाई पण्डित चिनाउने लाईसेन्सको रुपमा मानेर उपहास गर्ने गरेको पनि भेटिन्छ । तर, राम्रोसँग अध्ययन गर्ने हो भने जनैसँग जोडिएको वैज्ञानिक विषयले जनैको महत्वलाई अझै बढाउने गरेको छ । 

वैज्ञानिक दृष्टिमा हेर्नेहो भने शरीरको पृष्ठभागबाट जानेवाला एउटा प्राकृतिक रेखा हुने गरेको छ । जसले विद्युत प्रवाहको जस्तै काम गर्ने गर्दछ । हर मानिसको दाहिने काँधबाट कटि प्रदेश अर्थात् देब्रे कम्मरसम्मको भागमा यो नशा सुक्ष्म छिद्रको रुपमा फैलिएको हुन्छ । 

उक्त नैसर्गिक रेखा जानीझारको स्वरुपमा रहेको हुन्छ । जसरी नानीछारको पात कुनैपनि बस्तुको स्पर्शसँगै एक आपसमा समेटिने गर्दछ । त्यसैगरी, उक्त नशा पनि संकोचित हुने र फुक्ने गर्दछ । 

उक्त नशा संकुचित भएको अवस्थामा मानिसहरु काम क्रोध आदिलाई सीमामा राख्न सक्दैनन् । तर, आफ्नो काँधमा वैदिक संस्कारबाट यज्ञोपवित गरी जनै लगाएको मानिसले तुलनात्मक रुपमा भ्रष्टाचारजन्य काममा कम संलग्न हुने विषय शास्त्रमा उल्लेख गरिएको छ । त्यसैले हिन्दू धर्मका अलावा अन्य धर्ममा पनि कुनै न कुनै माध्यमबाट यज्ञोपवित धारण गरेको देखिन्छ । 

सारनाथको अति प्राचीन बुद्ध प्रतिमामा हेर्ने हो भने बुद्धको छातिमा यज्ञोपवितका सुक्ष्म रेखा देखिएको छ । यसले पनि पुष्टि हुन्छ कि यज्ञपवित केवल धर्माज्ञको पहिचान नभएर आरोग्यको पोषक हो । 

शास्त्रमा दायाँ कानको महात्म्यको पनि वर्णन गरिएको छ । आखित्य वसु, रुद्र, वायु, अग्नी, धर्म, वेद, सोम, सूर्य आदि देवताहरुको निवास दायाँ कानमा हुने कारणले गर्दा दायाँ कानमा केवल स्पर्श गर्नाले पनि आचमनका फल प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ । 


निवीनी दक्षिण कर्णे यज्ञोपवितं कृत्वा मूत्रपुरीषे विसृजेत । 
अर्थात्, अशौच एवं मुत्र विसर्जनके समय दायाँ कानमा जनै राख्नु आवश्यक हुन्छ । आफ्नो अशुची अवस्था सूचित गर्नकोलागि पनि जनै काँधमा राख्नुपर्ने आवश्यकता शास्त्रले औल्याएको छ । 

दायाँ कानलाई यति धेरै महत्व दिनुको अर्काे पनि कारण रहेको छ । दायाँ कानको नसाको सीधा स्पर्श गुप्तेन्द्रिय तथा अण्डकोशसम्म पुगेको हुन्छ । यी दुई अंगहरुको बीचमा रहेको सो नसाले यी दुईको सम्वन्धलाई अभिन्न बनाईदिएको हुन्छ । पिसाब गर्ने समयमा सुक्ष्म रुपमा वीर्य स्राव हुने सम्भावना रहेको हुनाले त्यसैलाई रोक्नको लागि पनि दायाँ कानमा जनै राख्ने गरिएको आयुर्वेदमा उल्लेख गरिएको छ । 

आयुर्वेदले यो पनि सिद्ध गरेको छ कि वारम्वार स्वप्नदोष हुने मानिसले रातमा सुत्ने समय ब्रह्मसुत्रले दायाँ कान बाँधेर सुतेमा सो समस्या समाधान हुने कुरा पनि उल्लेख गरेको छ । 

जस्तै कुनैपनि उच्छृंखल जनावरको दायाँ कान समाउने वित्तिकै ऊ क्षणगरमा नै नरम बन्दछ । त्यसैगरी जनै कानमा राख्ने मानिस अरुको तुलनामा बढी नरम हुने विश्वास गरिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ