arrow

नेपाल बिद्यालय रग्बी आयोगमा अधिकारी

logo
प्रकाशित २०७५ भदौ १० आइतबार
rugby_1.jpg

काठमाडौँ । नेपाल बिद्यालय रग्बी आयोगको प्रथम साधारणसभाले दिपक अधिकारीको अध्यक्षतामा १३  सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा मुकुन्द कुमार ढुंगाना , सचिवमा शिब अर्याल , कोषाध्यक्षमा हेमा गुरुङ रहेका छन् । सदस्यमा नारायण रोक्का, अम्बिका ओली, विनोद बुढाथोकी, शिवकृष्ण कवा, दूतराज तामाङ, इन्द्र लामा, कमल ज्ञवाली र खिम गुरुङ  सदस्यमा निर्विरोध चयन भए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्री हितबहादुर तामाङले यस खेलबारे देशका सातै प्रदेशका जनतालाई जानकारी गराउन सुझाव दिँदै देशभर रहेका रग्बी खेलका खेलाडीलाई एकीकृत गरी अगाडि बढनुपर्नेमा जोड दिए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि समेत रहेका तामाङ र सघका केन्द्रीय अध्यक्ष टंकलाल घिसिङले  प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा हालै निर्बाचित नेपाल तान डोरी संघका केन्द्रीय अध्यक्ष भवानी प्रसाद पौडेल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीलाई सफल कार्यकालको बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो  ।

कार्यक्रममा एम्नेष्टि इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष सुर्यबहादुर अधिकारी, मनोज अधिकारी विभिन्न संघसस्थाका प्रमुखहरुको सहभागी रहेको थियो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ