arrow

म्याराथनमा चेलिमोलोलाई स्वर्ण पदक, प्रतिस्पर्धीभन्दा ३ किलोमिटरको अग्रता

logo
प्रकाशित २०७५ भदौ १० आइतबार
ChelimoAsianGames.jpg

जकार्ता ।  इन्डोनेसियामा जारी एसियाडमा बहराइनकी विश्व च्याम्पियन धाविका रोज चेलिमोले प्रथम हुँदै स्वर्ण पदक जितेकी छिन् ।

केन्यामा जन्मिएकी धाविका चेलिमोले निर्धारित दूरी २ घण्टा ३४ मिनेट ५१ सेकेन्डमा पार गरेकी थिइन् । उनले निकटम प्रतिस्पर्धीहरु भन्दा ३ किलोमिटरको अग्रता बनाएर स्वर्ण पदक जितेकी हुन् ।

चेलिमोले सन् २०१६ को रियो दे जेनेरियोमा ओलम्पिक अघि केन्या छाडेर बहराइनको प्रतिनिधित्व गरेकी थिइन् । तर त्यस पटक उनले आठौ स्थान हासिल गरेकी थिइन् । गत वर्ष लन्डनमा भएको विश्व च्याम्पियनसीपमा उपाधि जितेकी थिइन् ।

जापानकी केइकी नोगामीले दोस्रो हुँदै रजत पदक जितिन् भने तेस्रो स्थानमा रहेकी उत्तर कोरियाकी कीम हे सोङले कास्य पदक पाइन् ।

शनिबार सम्पन्न पुरुषतर्फको म्याराथनमा जापानका हिरोतो इनाउले बहराइनकै एलहस्सन इलाबास्सीलाई पछि पार्दै स्वर्ण पदक जितेका थिए । एपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ