arrow

सुआहाराको सहयोगमा आत्मनिर्भर बन्दै बझाङका कृषकहरु

logo
शैलेन्द्र रोकाया ।
प्रकाशित २०७२ फागुन ४ मंगलबार
suhara.png.png
 बझाङ। जिल्लामा लागु भएको एक गैरसरकारी सस्थाको कार्यक्रमले आत्मनिर्भर बनाउन सिकाएको सरोकारबालाहरुले बताएका छन् । एक हजार दिनका आमा तथा बच्चाहरुको पोषणमा सुधार गर्नका लागी बिगत तिन बर्ष देखि लागु भएको सुआहारा कार्यक्रमले ब्यबहार परिबर्तन गर्नका साथै आत्म निर्भर हुन सिकाएको सरोकारबाला महिलाहरुले बताएका हुन् ।
 
सोमबार जिल्ला स्थित सञ्चारक्रमीहरुले गरेको अनुगमनको क्रममा लक्षित महिलाहरुले ब्याबहार परिबर्तनमा सुआहाराको काम जिल्लामै उदाहरणिय भएको पिपलकोट गाबिस ४ कि अम्मरा कुबरले बताईन ।सञ्चाकर्मीहरु सगं कुरा गर्दैकुबरले सुआहारा लागु भएपछि ग्रमिण क्षेत्रमा बसोबास गर्ने महिलाहरुको सरसफाई आनिबानी खानपान का साथै तरकारी खेती र कुखुरा पालनबाट मनग्य आम्दानी भएको वताईन ।  
 
त्यस्तै  वार्ड नं. ८ बाग्थलामा बस्ने तुलसी देवि वि.कले सुआहारा कार्यक्रमले घरायसी खाद्यान्न उत्पादन सम्बन्धी तालिम लिए पछि तरकारी खेतलाई प्राथमिता दिदै चार हागाँ सखर खण्ड बाट यस बर्ष मात्र चार हजार केजी सखरखण्ड उत्पादन गरि गाबिसकै नमुना कृषक छनौट भएको बताएकी हुन् । सखरखण्डका अलवा उहाँको बारीमा काउली, धनीया, मुला, रायो, टमाटर, पालुंगो, स्वीचार्ट, सखरखण्ड जस्ता तरकारीहरु छन् । आफ्नै बारी बाट उत्पादित तरकारी खेती नजिकैको बाग्थला बजारमा विक्रि गर्दै आएकी वि.क.ले वार्षिक एक लाख सम्म कमाउने गरेको बताइन् । 
 
 दंगाजी गा.वि.स. व ५ की  भागरथी जोशीले यस सुआहाराले कुखुरा पाल्न सिकाएको बताउदै यस बर्ष कुखुरा पालन बाट ७० हजार सखरखण्डबाट ४० हजार ,र तरकारी बाट ५० हजार आम्दानी गरेको बताइन्  । पिलकोट स्वास्थ्य चौकी ईन्चार्ज पदम वलीले सुआहारा लागु भए पछि कुपोषणको दर ८ प्रतिसत बाट झरेर ३ प्रतिसतमा पुगेको बताइन् । सामाजिक तथा प्रबिधिक सेवा समुह नामक गैरसरकारी सस्था द्वारा हाल सुआहारा कार्यक्रम सन्चालित छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ