एसिया कप छनोटको पहिलो खेलमा नेपाल ओमानसँग सात विकेटले पराजित
प्रकाशित २०७५ भदौ १३ बुधबार
441
Shares
काठमाडौं । मलेसियामा जारी एसिया कप छनोटको पहिलो खेलमा नेपाल ओमानासँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले तीन विकेट गुमाउँदै ४८ ओभर २२४ रन बनाउँदै पूरा गरेको हो ।
यसअघि क्वालालम्पुरमा जारी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा २२१ रन बनाएको थियो । नेपालका लागि सागर पुनले शानदार पाली खेल्दै ८३ रन बनाएका थिए । त्यसैगरी ज्ञानेन्द्र मल्लले ४५ रन र आरिफ शेखले ३६ रन बनाएका थिए ।
जवाफी ब्याटिङमा आएको ओमानका लागि खावर अलिले अविजित ८४ रनको योगदान दिए । जिसन मासुदले अविजित ४५ रन तथा भाइभाव वाटेगाउन्करले ४१ रनको पाली खेले ।
नेपालले लिग चरणमा बिहिबार युएईविरुद्ध, शनिबार आयोजक मलेसिया, आइतबार सिंगापुरविरुद्ध र अन्तिम खेल आगामी मंगलबार हङकङविरुद्ध खेल्नेछ।